नेपालको कांग्रेसको सिद्धान्त बोकेर हिड्ने सबै वि. पि. पुत्र हुन् शसांक मात्र हैन

इनेप्लिज २०७३ वैशाख २१ गते २२:२४ मा प्रकाशित

prakash-1-1

म कांग्रेस समर्थक थिइन तर, भजिर्नियामा डा शशांक कोइरालाका भनाई सुनेपछि आधा कांग्रेस भए नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डा शशांक कोइरालाको सम्मानमा भजिर्नियामा आयोजित कार्यक्रमका सहभागीले समाजिक संजालमा यस्तो भनाई राखेका थिए । डा कोइरालाले अमेरिकामा आयोजित विभिन्न कार्यक्रममा पटक पटक वीपीको नाम लिएका छन, विचारको राजनीति गर्ने र कांग्रेसमा परिवर्तन गर्ने वताएका छन् । जसले उनलाई सुने नेपालको राजनीतिमा पनि सुनौलो भविष्य आउन सक्ने आशा लिएर फर्किएका छन् ।

हिमालयखवरसंगको अन्तर्वातामा पनि विचारको राजनीतिनै गर्ने वताए । राजनीति गर्दा विचारधारामा रहेर राजनीति गर्छु म विचारको राजनीति गर्छु त्यसैले कार्यकर्ताले मलाई जिताएका हुन् उनले भने ।

शशांक कोइरालाले महामन्त्रीका रुपमा कांग्रेसमा केही परिवर्तन गर्न सक्छन भनेर नै कार्यकर्ताले भोट दिएका हुन् डा कोइरालाले हामीसंग भने त्यसपछि वीपी पुत्र भएर भोट पनि केही आयो होला तर, भोलिको राजनीतिका लागि उनीहरुले महालाई महामन्त्रीमा भोट दिएका हुन् ।

रामचन्द्र पौडेलको हारमा उनले भने हार र जीत प्रकृया हो उहांले कांग्रेसमा कहिल्लै विचलित नभई लामो समय त्याग गर्नु भएको छ, हार जित भन्दा पनि यो प्रकृया हो । अमेरिकामा जनसम्पर्क समितिको विवाद लगायत विवादमा पनि डा शशांकले वोलेका छन् । पूर्व राजा ज्ञानेन्द्र, धर्म, बिकासको बारेमा पनि बोलेका छन् ।

प्रतिक्रिया