नेपालविरुद्ध काठमाडौंभित्रै विदेशीको यति ठूलो षड्यन्त्र, पक्राउ परे नाइके

इनेप्लिज २०७३ वैशाख २१ गते २०:५७ मा प्रकाशित

Robart_Penar-450x600

काठमाडौं, २१ वैशाख । नेपालको संविधान र कानुन, सुरक्षा निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध विश्वभरि भ्रामक समाचार सम्प्रेषण गर्न ठूलो भूमिका खेल्ने क्यानेडेली नागरिक रोवर्ट पेनरलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विशेष गरेर नेपालको आन्तरिक सुरक्षामा दख्ल दिने गरेर सामाजिक सञ्जालहरूमा जथाभावी लेख्ने, संविधानविरुद्ध उत्तेजित भावना फैलाउने र तराईलाई नेपालबाट टुक्राउनुपर्छ भनेर वकालत गर्ने क्यानेडेली नागरिक रोवर्ट पेनरलाई प्रहरीले सोमबार गिरफ्तार गरेको हो । उनलाई ललितपुरबाट पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनताविरुद्ध सामाजिक सञ्जाल तथा विभिन्न पत्रपत्रिकामार्फत खलल पुगाएकोले रोवर्ट पेनरलाई पक्राउ गरेको जनाइएको छ । कामदारको भीषमा नेपाल आएका रोवर्ट पेनरको भीषा खारेज गर्ने तयारी अध्यागमन विभागले गरेको छ ।

रोवर्टले आफ्नो ट्वीटर एकाउन्टमार्फत नेपालको नागरिकताका विषयमा गम्भीर विषय उठाएका छन् । उनले भनेका छन्, ‘नेपालको संविधानले महिलालाई नागरिकता विहीन बनाएको छ ।’ रोवर्ट पेनरले नेपाली र नेपालविरुद्ध यसरी प्रचार गरेको थाहा पाएपछि प्रहरीले अध्यागमन विभागको अनुरोधमा नियन्त्रणमा लिएर कारबाही सुरू गरेको हो ।

रोवर्ट पेनरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्ध गालीगलौज गर्दै साझा सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितलाई पक्राउ गरिएकोमा पनि आक्रोश व्यक्ति गर्दै ट्वीट गरेका छन् । उनले नेपालको संवैधानिक निकायविरुद्ध यसरी जथाभावी लेख्नु स्वाभीमानी नेपालीका लागि सैह्य हुँदैन ।

तराईलाई नेपालबाट अलग बनाउनु पर्छ भनेर अभियान चलाइरहेका डा.सीके राउतको अभियानलाई पनि क्यानेडेली नागरिक रोवर्ट पेनरले समर्थन गर्दै आएका छन् । स्रोतका अनुसार उनले डा.सी.के.राउतसँग पटक भेट्ने र तराई टुक्राउने अभियानमा आफ्नो समर्थन रहेको बताउने गरेका छन् ।

12345

प्रतिक्रिया