” मजबुरीको अर्को नाम मजदुर हो “!! आज अन्त-राष्ट्रिय मजदुर दिवस !!

इनेप्लिज २०७३ वैशाख १९ गते १५:५४ मा प्रकाशित

dev khanal

आज अन्त-राष्ट्रिय मजदुर दिवस l बिस्वमा रहेका सबै श्रमिकहरुलाई जिबनमा आएका समस्याको समाधान गर्ने क्षमता मिलोस आफनो र आफनो परिबारप्रतिको गहन जिम्मेवार दाहित्व पुरा गर्ने क्षमता कार्य कुसलतामा विकास होस् भन्ने कामना छ l बिस्वका समाचारहरु ,विचारहरु १ मिनेटमा ससार भरि छरिदै गर्दा सोच र विचार संकीर्ण हुदै गएको छ l विस्वका मजदुर एक हौ भन्ने नारामा समर्पित भाबनालाई स्वार्थी नेताका कारण सागुरो भएको आभास हुन्छ l

कम्निस्ट शिधान्तमा बर्ग समाजको परिकल्पना हुन्छ तर जात-जति धर्म, लिङ्गको विभेद हुदैन भन्ने मान्यता राख्दछ l आज कम्निस्टको शिधंतमा धमिरा लागेको छ l जिबनमा आउने हरेक समस्याका समाधान गर्नका लागि समाज, राज्यको अहम भूमिका रहेको हुन्छ l राज्य बाट संचालन भएका योजना बाट मुलुकको आर्थिक विकास कुन दिशामा अगि बददै छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ l राज्य संचालन गर्ने संकल्प गरि जनताका ब्यालेट बाट होस् वा बुलेट बाट होस् सत्तासिन हुन पुगेका लिडरहरु आज सिमित सुकिला मान्छेका घेरामा बाधिएका छन् l

कठिन मेहनत गर्दा सम्म आफुले चाहेको अनुसारको एक छाक खान लाई सोच्नु पर्ने अवस्था छ भने पारिबारिक दायित्वको कुरा लाई नियालेर हेर्ने हो भन्ने मजदुरको पारिबारिक जिबन जोखिममा परेको अवस्थाछ l दैनिक जिबन यापन गर्न कठिनाई परेको अवस्थालाई रास्ट्रले सम्बोधन गर्न नसकेको अवस्था छ l ” मजबुरीको अर्को नाम मजदुर हो “!! देशको मेरुदण्ड भनेको नै मजदुर हो भने मजदुर नै उपहासको पात्र बनेका छन् l

मजदुर वर्ग भनेको सधै अभाबमा जिउने अभाबमा नै मर्नु पर्छ भन्ने सोच कहाँ बाट आएको हो l समाजमा सबै वर्ग समान रुपमा बच्न पाउने अधिकार लाई राज्यको कानुनले समेट्न किन सक्दैन l मजदुरको ब्यालेट बाट सत्तासिन हुन पुगेको नेता मजदुरको आवस्कता पुरागर्न किन तयार हुदैन l मानब -अधिकारको बारेमा अरबौ डलर खर्च हुने गर्छ , विभिन्न समयमा मजदुरका हक- हितका लागि राष्ट्र बाट सम्बोधन गरिन्छ तर पनि समस्याहरुको पहिचान हुन सक्दैन किन ?

पुजी-बादी राष्ट्रहरु होस् वा कम्निस्ट राज्यहरु मजदुरहरु संकटको भुमरीमा पिसिएको छ l पुजी-बादी राष्ट्रका मजदुरहरु कम्पनि बाट शोसित छन् भने कम्निस्ट देशमा राष्ट्र बाट पिडित छ l कम्पनीका मालिकहरु आम्दानी मिलियन डलर हुन्छ तर मजदुरको आर्थिक अवस्था माथि उठ्नु पर्छ भन्ने आवाज आउने साथ मूल्य वृद्धि हुने बहाना बाजी गरिन्छ l मजदुरको आय आर्जन वृद्धि भएमा स्वतः बस्तुहरुको बिक्रिमा वृद्धि हुन्छ यो अर्थशास्त्रको सिद्धान्त हो l संसारमा मानिस दिदिनै स्वार्थी बन्दै छ l मै खाऊ मै लाउ ” मेरो हैसियतमा कोहि पुग्न नसकोस मेरो हरेक कार्यले समाजमा असर गरोस , राष्ट्र वा नेताहरु मेरा पछि रहुन भन्ने गलत सोच बाट आज मजदुर गरिबीमा बाच्नु परेको छ l मेरो मित्रहरुको अनि विस्वका मजदुरहरुमा अपूर्णतामा सम्पूर्णता होस् ,हरेक बर्षमा उसको र परिवारको प्रगति होस् !! जय नेपाल !!

प्रतिक्रिया