कविता शीर्षक “म”

इनेप्लिज २०७३ वैशाख १६ गते १:११ मा प्रकाशित

“म”
“म” को हुँ ?
चिनेको छैन मैले,
“म”लाई,
“म”लाई बिरानो ठान्नेहरू हो,
तिम्रो तर्कमा सत्यता छ।
मेरो कर्म र पेशा “म” होईन,
जात र धर्म “म” होईन,
नाम र उपाधि पनि “म” होईन।
चिनेको छैन, बुझेको छैन
आफैले आफैलाई,
स्वपरिचित हरुको विचमा,
स्वनाम हरुको विचमा,
परिचय बिहिन “म”
खोजिरहेछु “म” परिचय,
खोजिरहेछु “म” पहिचान।
त्यसैले त,
“म”लाई अपरिचित भन्नेहरूहो,
तिम्रो तर्कमा दम छ ।

प्रतिक्रिया