समृद्ध नेपालको सपना प्रवासी नेपालीको चाहना श्रृङ्खला- ३

इनेप्लिज २०७३ वैशाख ११ गते ५:३१ मा प्रकाशित

Raja Ghale_final

विगत वीस वर्ष देखि अमेरिकामा बसोवास गर्दे आउनु भएका राजा घले विभिन्न संघ संस्थामा सक्रिय रहनु भएको छ । नेपालको कला संस्कृतिको जगेर्ना गर्न रुचाउनु हुने घले एटलान्टामा स्थानीय सरकारी निकायसँग समन्वय गर्दे नेपालको सामाजिक,साँस्कृतिक पक्षका वारेमा लविङ्ग गर्दे पनि आउनु भएको छ । समृद्ध नेपालको सपना,प्रवासी नेपालीको चाहना श्रृङ्खला ३ अन्र्तगत राजा घलेसँग मधुकर अधिकारीले गर्नु भएको सम्वादको सम्पादित अंशहरु :

तपाईले प्रवासी जीवन विताउनु भएको कति वर्ष भयो ?
म अमेरिकामा वस्न थालेको करिव दुई दशक भयो, सन् १९९९ मा अध्ययनको लागि आएको हुँ, यहाँवाट मैले पाईलटको कोर्स गरेको छु ।त्यसपछि यतै वसोवास गर्न थालियो ।

तपाईको विचारमा नेपालको विकासको लागि विषयगत रुपमा कुन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ?
खासमा भन्ने हो भने, कुनै पनि देशको विकासको लागि नागरिकमा चेतना हुुनुपर्छ,त्यसपछि शिक्षा,स्वास्थ्य, सुशासन र आर्थिक विकासलाई महत्वका साथ हेरिनुपर्छ जस्तो लाग्छ । नेपालले आर्थिक विकासलाई महत्वका साथ अगाडि सार्न पर्यटन क्षेत्र र कृषि क्षेत्रलाई जोड दिनै पर्छ ।

प्रवासी भूमिवाट नेपालमा देख्नु भएको चार समस्या के के छन् ?
वास्तवमा भन्ने हो भने ,नेपालमा चार मात्रै होईन, दर्जनौ समस्याहरु रहेका छन् । यी समस्याहरुलाई वस्तुगत रुपमा हेर्दा चार समस्यामा वर्गिकरण गर्ने हो भने मैले देखेको पहिलो स्थायी सरकारको अभाव, दोश्रो शैक्षिक स्तरको अभाव,तेश्रो चरम भ्रष्टाचार र चौथो कानूनी राजको अभाव अर्थात भनौ सानालाई ऐन भने जस्तो हुनु भएन् ।

यसलाई समाधान गर्न के सुझाव दिनुहुन्छ त ?
हेर्नोस यी विषयहरु रातारात परिवर्तन हुने भन्ने हुँदैंन् , कम्तिमा पनि स्थायी सरकार वनेको खण्डमा र त्यो सरकारले पाँच वर्ष काम गर्ने हो भने देशले केही परिवर्तनको अनुभूत गर्न सक्दथ्यो की । अर्को कुरा तपाई शिक्षालाई लिनु हुन्छ, शिक्षा भनेको केवल डिग्रीको शिक्षा होईन, देशलाई सफा सुन्दर वनाउने ,वाटो घाटो सवै ठाउँमा सम्मान पूर्वक हिडडुल गर्ने,हरेक कुराको नीति नियममा वसेर कार्यसम्पादन गर्ने भयो भने त्यसले एउटा सामाजिक परिवर्तनको खाका कोर्न सक्छ ।
अर्को सेवाग्राहीको सेवामा अनावश्यक झन्झट नवाउने, यदि विधि र प्रक्रिया पुगेर आएको कुनै काम छ भने त्यसलाई कति समय भित्र सेवा दिन सकिन्छ भनने स्पष्ट वनाउनुपर्छ । अर्को तर्फ कसैको नातेदार, पार्टी कार्यकर्ता आदिको नाममा नीति नियम र कानूनको व्याख्या गर्ने भन्दा गलत गर्नेलाई दण्डित गर्ने हो भने धेरै हद सम्म समाधान हुन्छ जस्तो मलाई लाग्छ ।

एउटा देशको नागरिकले त्यो देशलाई समृद्ध वनाउन के गर्नुपर्छ ?
कुनै पनि देशको आर्थिक, समाजिक विकासको लागि त्यस देशको नागरिक नै जागरुक हुनुपर्छ । नागरिकमा समान्य चेतनाको विकास भएको खण्डमा देश विकास हुन्छ । जस्तो नैतिक आचरण,राज्यलाई कर तिर्ने, घुसखोरी नगर्ने जस्ता काम गरयो भने समृद्ध देश वनाउन सक्छ । किनकि, त्यसमा उद्योगी व्यवसायी देखि राष्ट्रसेवक कर्मचारी सवै पर्ने भएकाले नागरिक देशको जुन कुनामा वसे पनि उसले आफूलाई कम र देश र समाजको लागि वढी सोच्यो भने देशलाई समृद्ध वनाउन होस्टेमा हैसे गर्न सक्छ ।

अवको १५ वर्षमा नेपाललाई समृद्ध देशको रुपमा विश्व सामु परिचय दिलाउन सक्षम होला ?
खासमा म सकारात्मक पक्षमा विश्वास गर्ने भएकाले निकै आशावादी छु , मलाई त निकै विश्वास लाग्छ । किनकि विश्व मानचित्रमा हाम्रो मातृभूमि नेपाल एउटा प्रचुर संभावना भएको देश हो । यसलाई भएको स्रोत साधनको परिचालन गरेर पर्यटन र जलविद्युत विकासमा मात्रै केन्द्रित गर्ने हो भने आगामी एक दशक भित्रै हामी समृद्ध वन्न सक्छौं । यसको लागि सरकारले स्पष्ट नीति नियम वनाउने र निजी क्षेत्रलाई काम गर्ने मौका दिनु पर्छ ।त्यसपछि वैदेशिक लगानीको ढोका खोलेर हवाई क्षेत्र देखि सडक सञ्जालको विस्तार सम्ममा लाग्न सकिन्छ । साथै हामीहरु विस्तारै आत्मनिर्भर पनि हुन सक्छौं । तपाई हामी सवैले देख्यौ नी नाकावन्दीले हाम्रो चुलो चौका समेत अवरोध पारयो । त्यसैले मेरो विचारमा समृद्ध वनाउने भनेको नागरिक देखि सरकार सम्मले आफनो भूमिका खेल्नु पर्छ । अव गाली गरेर होईन सहकार्य गरेर काम गरौ देश समृद्ध वन्न सक्छ । मेरो विचारमा एकतानै बल हो, अत: जहाँ बसे पनि जे गरे पनि फुटेर होइन जुटेर जानु पर्छ अनि मात्र हामीले कल्पना ,परिकल्पना गरेको नयाँ र समृद्ध नेपाल निर्माण गर्न सक्छौ ।

तपाईले संगठित या असंगठित रुपमा नेपाललाई के कसरी सहयोग गर्नु भएको छ ?
हेर्नोस प्रवासमा वसेपछि गर्दिन भन्दा पनि मन मान्दैंन् । त्यसमाथि हामी यहाँ वसेपछि देशको माया अलि वढी नै हुन्छ ।त्यसैले नेपालमा आ्खलढुङ्गा,सोलुखुम्वुमा अनाथ वालवालिकाको अध्ययनको लागि सहयोग गर्दे आएको छु । भने अमेरिकामा नेपाललाई चिनाउनका लागि यहाँका अमेरिकनहरुलाई नेपाल भ्रमणको लागि अनुरोध गर्दे आएको पनि छु । साथै दक्षिण एशियाली मुलका व्यक्तिहरुको संघसंस्थामा वसेर काम गर्दे आएको पनि छु । मैले यहाँ रहेका अमेरिकनहरुलाई जीवनमा नेपाल भ्रमण गर भनेर अनुरोध गर्दे आएको पनि छु ।

गत अप्रिलमा गएको भुकम्प पछि अमेरिकामा रहेका नेपालीहरुले त्यति सहयोग नगरेकै हुन् की के हो ?
त्यस्तो त मलाई लाग्दैन , अमेरिकाको विशाल भूगोलमा कसरी सहयोग भयो भन्ने एकीन तथ्यांक नआएको मात्र हो । मुलुकको सामु आएको त्यत्रो विपत्ति मा कुनै पनि एउटा सिङ्गो नेपाली थिएन जसले सहयोग नगरेको होस् । यहाँवाट डाक्टर,नर्स देखि नेपाली संघ संस्थाका प्रतिनिधीहरु मातृभूमिमा पुगेर सहयोग गरेका थिए त्यसैले यस्तो विषय नकारात्मक सोचको उपज मात्र हो जस्तो लाग्छ ।

तपाईको दृष्टिकोणमा प्रवासी नेपालीलाई मातृभूमिसँग जोडनका लागि हाम्रो दायित्व के हुन सक्छ ?
विदेशमा वस्नु रहर हैन्, कर हो । नेपालमा अवसर देखेपछि फर्किएका उदाहरण पनि छन् । त्यसैले हामीहरु जो जहाँ वसेका छौं, केही न केही सहयोग गर्दे आएका पनि छौं । त्यसैले देश छाडेपछि देशको माया ममता वढी हुने भएकाले विदेशमा वस्ने हरेकले आफनो दायित्ववोधका साथका काम गर्दे आएका छन् ।

अन्त्यमा ,तपाई नेपालमा गर्न चाहनु भएको कुनै योजना छ ? तपाईको योजना संक्षेपमा वताउन सक्नु हुन्छ ?
मलाई नेपालमा समृद्ध नेपालको सपना कसरी साकार पार्ने भन्ने सोच आईरहन्छ । तर तत्कालै मैले ठोस योजना वनाएको त छैंन् । तर शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही योजनाहरु वनाईरहेको छु । त्यसमा जान्छु । अर्को मलाई कृषि क्षेत्रको व्यावसायिकीकरणमा पनि आफूलाई जोडन मन लागेको छ । यी कामहरुको अलावा मेरो रुचिको विषय गीत, संगीत र साहित्यको क्षेत्रमा पनि केही कामहरु गर्ने सोचमा रहेको छु ।

Madhukar Adhikari Logo of patner agency_final Sologan_final

प्रतिक्रिया