दीक्षितलाई ‘ट्यापेमुन्द्रे थुन्ने’ गौशाला प्रहरी हिरासत लगियो

इनेप्लिज २०७३ वैशाख ११ गते ०:५७ मा प्रकाशित

hanuman-Zee

काठमाडौं, १० वैशाख । साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गौशाला प्रहरीको जिम्मा लगाएको छ । अकुत सम्पत्ति कमाएको उजुरीका आधारमा दीक्षितमाथि निगरानी गरिरहेको अख्तियारले शुक्रबार प्रहरी पठाएर उनलाई घरबाटै पक्रेको थियो । सम्पत्ति विवरण नमिलेको र अख्तियारको आग्रहलाई अटेरी गरेको दीक्षितमाथि आरोप छ । पक्राउ गरेर वीर अस्पतालमा स्वास्थ्य परीक्षण गराएको अख्तियारले केही बेर आफ्नो कार्यालयमा राखेर दीक्षितलाई ट्यापेमुन्द्रे थुन्ने गौशाला प्रहरीको हिरासतमा पठाएको छ । सामान्यतया अन्य व्यक्तिहरुलाई अख्तियारले आफ्नै कार्यालयमा रहेको हिरासतमा राख्ने भएपनि दीक्षितलाई ट्यापेमुन्द्रे थुन्ने गौशाला प्रहरीमा पठाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया