राज्यलक्ष्मी गोल्छाको पत्र किन पाँच महिना बाटोमै किन अड्कियो ?

इनेप्लिज २०७३ वैशाख ८ गते ३:२२ मा प्रकाशित

Rajyalaxmi-Golchha-Uml-Samsadकाठमाडौं, ८ वैशाख । सम्पत्ति शुद्धीकरण विभागले एमाले सांसद राज्यलक्ष्मी गोल्छामाथि सम्पत्ति शुद्धीकरणको छानविन थालेको छ ।

एमालेका विभिन्न नेतालाई ३ करोड रुपैयाँभन्दा बढी रकम दिएर सभासद बनेको अभिव्यक्ति दिएकी सांसद गोल्छालाई सोही बयानका आधारमा सम्पत्ति शुद्धाीकरणमा छानबिन अघि बढाइएको समाचार राजधानी दैनिकले छापेको छ ।

मोरङबाट समानुपातिक सांसद बनेकी गोल्छाले संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण मगाएर विभागले उनीमाथि छानबिन प्रक्रिया अघि बढाएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले १० कात्तिक २०७२ मै सांसद गोल्छाको सम्पत्ति विवरण मागेर संसद सचिवालयमा पत्र पठाएपनि मंगलबारमात्र सो पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

विभागले पत्राचार गरेको ६ महिनासम्म बाटोमै अड्किएको पत्र मंगलबार संसदमा दर्ता भएलगत्तै संसद सचिवालयले विवरण उपलब्ध गराउने प्रक्रिया थालिसकेको जनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले सांसद गोल्छालाई समेत ५ वैशाखमा बेग्लै पत्र लेखी अनुसन्धानका लागि विभागमा उपस्थित हुन निर्देशन दिएको छ । तर सो पत्र उनको हातमा पुगिसकेको छैन ।

प्रतिक्रिया