साउदीमा कार्यबाहक राजदुत शर्मा माथि छुरी प्रहार

इनेप्लिज २०७३ वैशाख ३ गते १०:१६ मा प्रकाशित

anand sharma

साउदी अरबका लागी कार्यबाहक नेपाली राजदुत आनन्द प्रसाद शर्मा छुरी प्रहार बाट सख्त घाईते भई अस्पताल भर्ना हुनु भएकोमा हाल खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ l वहाको स्थिती सामान्य रहेको भन्दै बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ l

कार्यालयमा काम गरिरहेको अबस्थामा सुनसरीका लक्ष्मण बहादुर राईले कार्यबाहक राजदुत शर्मालाई कार्यकक्ष मै गएर छुरा प्रहार गरेका थिए l राजदुतको कार्य कक्षको ढोकाको चुक्कुल लगाएर सोफाले थुनेर धम्माधम् छुरा प्रहार गरेका थिए l आफु माथी एक्कासी आक्रमण गर्न थालेकोले शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उहाँलाई उद्धार गरेको थियो ।

नेपाल फर्कनको लागी दुतावासको सेल्टरमा बसेका लक्ष्मण बहादुर राईको साउदी प्रहरीको थानामा बास हुन् पुगेको छ l शर्मा अमेरिकाको नेपाली दुतावासमा प्रथम सचिबको जिम्मेवारी सम्हाल्दै चार बर्ष कार्यकाल पुरा गरि नेपाल फर्कनुभएको थियो l

वाशिंगटन डि सी स्थित नेपाली दुतावासमा आनन्द शर्माले सम्हाल्नु भएको प्रथम सचिबको जिम्मेवारी सम्हालेर शर्मालाई बिदाई गरेका लेखनाथ गौतमले यो समाचार सुनेर आफु मर्माहत भएको बताउनु भयो lके कारणले राई ले छुरा हानेका हुन् त्यसको पुस्टि हुन् बाकि छ l

प्रतिक्रिया