तालवेशीमा ३ र ४ गते चैते दशैं मेला हुने

इनेप्लिज २०७३ वैशाख १ गते २:३४ मा प्रकाशित

पोखरा, १ वैशाख । संगम युवा क्लब हंशपुरले आगामी वैशाख ३ र ४ गते लेखनाथको उपल्लो तालवेशीमा चैते दशैं मेला गर्ने भएको छ ।

मेलामा भलिबल, लोकगीत, छेलो हान्ने, झाँकी र भाले जुधाइ जस्ता प्रतियोगिता गरिने कार्यक्रम संयोजक तारानाथ सुवेदीले बताउनुभयो ।
भलिबल प्रतियोगिताका विजेतालाई रु. ३० हजार र उपविजेतालाई रु. २० हजार तथा शिल्ड प्रदान गरिनेछ ।
मेलामा स्वास्थ्य तथा आयुर्वेदिक, कृषि तथा पशु परामर्श सेवाका साथै उन्नत जातका पाठापाठी र माउ बाख्रा पनि प्रदर्शनी गरिने छ ।
राष्ट्रिय स्तरका कलाकारहरुबाट हास्यव्यङ्ग्य तथा गायन प्रस्तुतिका साथै साँझ सांस्कृतिक कार्यक्रम गरिने छ ।

प्रतिक्रिया