नब बर्षको शुभकामना !!!

इनेप्लिज २०७२ चैत ३० गते १४:३२ मा प्रकाशित

ram chandra sharma

जागा होउ सगर क्षितिजमा घाम लाली उदायो !

तिम्रै मनको प्रण अब चरितार्थ को याम आयो !!

के के मनमा बिषय-सुची थियो गर्छु भन्ने प्रतिज्ञा !

आँखा खोलि दगुर अब पुरा गर्नु पर्ने छ आज्ञा !!

बाहु तिम्रा सुलभ बलिया पौरखी छन् कठोर !

मनले आँटे जति पनि पुरा हुन्छ हाम्रो अठोट !!

फर्की हेर्दै बिगत दिनमा अश्रु धारा बगेको !

मातृभूमि पनि शहिदका रक्तले नै भिजेको !!

सम्झी पुर्खाहरु कसरि भए बीरतामा प्रसिद्ध !

युबाकै थ्यो चहक चकचकी लड्नमा बिस्वयुद्ध !!

जर्मन ढाल्यौ कति कति खुकुरी धार माडेर फाल्यौ !

कत्ति पायौ भी सी र भिसिडी नाम गोर्खा अंगाल्यौ !!

तिम्रै आशा मनमन लिई आज कर्णाली बग्छ !

तिम्रा बाहु बल शिथिल भए पारीको आइ ठग्छ !!

गार्हो गार्हो अति कठिन भो देश यो बाच्नलाइ !

सच्चा मनका युबकहरु हो थाप लौ काँध आई !!

प्रतिक्रिया