नेपाली जनता सोच्नु पर्ने बेला आएको छ l

इनेप्लिज २०७२ चैत २८ गते २१:२९ मा प्रकाशित

dev khanal

नेपाली जनताको बलिदान बाट राजनीतिक परिबर्तन आए पनि नेपाली जनताले राजनैतिक परिबर्तनको अनुभूति गर्न पाएका छैनन l देशका लागि हजौरु जनता सहिद बने ,सहिदका परिवारको सम्मान र सहिद परिवारले पाउने सामान्य सुबिधाबाट बन्चित छन् l जसले प्रजातन्त्र देखि संघिय गणतन्त्र ल्याउन अनबरत शंघर्ष गरे आज एक झुपडीमा मिर्त्यु पर्खेर बस्नु परेको छ l सहिदका परिवार लाई उपहास गरेर सहिद गेटमा होस् वा कुनै सहिदको फोटोमा पुस्पा गुच्छा अर्पण गर्दै आफुलाई सहिदबाट प्राप्त महान प्रजातान्तिक, क्रान्तिकारी नेता सम्झनुको कुनै अर्थ छैन l

यो कस्तो बिडम्बना राज्य र जनताको सुख दुखमा समर्पित हुनु पर्ने नेता आज निजि स्वार्थमा रमेका छन् l नेपालको राजनैतिक अवस्थालाई मुल्यांकन गर्ने हो भने आज एक , दुइ नेता लाई छोडेर समग्रमा हेर्ने हो भने सबै नालायक भएका छन् l नेपालका राजनैतिक पार्टीहरु स्वयं नै राजनैतिक स्थिरता चाहदैनन् l जनतालाई एक आपसमा लडाएर आफु आजिबन नेता बनि रहने कुद्रिस्ठीमा लागेका हुन्छन l जनता मारुन या बचुन यो राजनीतिमा सामान्य खेल बनि सकेको छ l

हामी नेपाली जनता अब सोच्नु पर्ने बेला आएको छ l नेपाल बिगार्ने वा सपार्ने नेपाली भएर बस्ने वा दस्वस्त्वलाई स्वीकार गर्ने नेपाली जनताले रोज्नु पर्ने समय आएको छ l जनतालाई बन्दुक बोकौएर देश बनाउने बाचा गरेका नेता आज महलमा सुखमय जिबन जिएका छन् l राजतन्त्र हाम्रो बाधक हो भन्ने राजनैतिक पार्टीहरु आज भारतका दलालको रुपमा कार्यरत छन् l अन्य साना, मसिना पार्टीहरु कोहि मदेश भारतीयमुलका मदेशीको मात्र हो भनेर जनतालाई दुख कस्ट दिन छन् भने अन्य पार्टी आज फेरि राजतन्त्र फर्कौं राजा चाहियो भनेर आन्दोलनको घोषणा गर्छन l

हिजो १७ हजार जनतालाई मारेर सत्तामा पुगेका माओबादी नेता कमरेड बाबुराम पार्टीको आन्तरिक विवाद बाट पार्टी परित्याग कमरेड आज माओबादीले गरेको अनोदोलन धोखा हो भन्दै नया सक्तिको घोषणा गर्छन l हामी नेपाली जनता जसले जे भन्यो सहि भन्दै कहिले सम्म दौडिने l एक नालायक साबित भै सकेको फोहरीको पछाडी लागु लाई आफनो स्वयम् हैसियत नभएको शिद्ध गर्नु मात्र हो l

हामी नेपाली जनता अब सोच्नु पर्ने बेला आएको छ l नेपाल बिगार्ने वा सपार्ने नेपाली भएर बस्ने वा दस्वस्त्वलाई स्वीकार गर्ने नेपाली जनताले रोज्नु पर्ने समय आएको छ l सबै नेपाली जनता एक सस्थांमा मौन रुपमा बस्ने सके नेपालका राजनैतिक पार्टीहरु ठेगानमा आउन सके कुरा पक्का छ l सबै राजनैतिक पार्टीहरुमा असल चरित्र भएका व्यक्ति भन्दा खराब चरित्रको बाहुल्य रहेको छ l जनताका समस्या लाई भन्दा आफनो समस्या लाई समाधान गर्दै सत्ता र ओहोदाको दुरुपयोग गर्दै फोहोरी चरित्रका ब्यक्तिनै अगि जादैछ l

नेता खराब चरित्रको छ भने असल व्यक्तिलाई अगि लादैन l आफनो खुट्टामा आफै बन्चरो लाग्छ भन्ने कुराको ज्ञान छ l हामी जनता गरिबीको चपेटामा जिबन धान्न संकट छ l नेता महलमा मस्तीमा छन् यो बस्तीक सत्य हो ! नेपालमा गएको विनासकारी भुकम्प बाट लाखौ जनता आज घर बिहिन तिरपाल मुनि बस्न बाध्य छन् l

नालायक नेताहरु बिस्व समुदाय बाट आएको रकम खर्च गर्न नसकेर बसेका छन् l जनता भोकमा छटपटीमा रोहि रहेको छ चामल गोदाममा सडेर जादै छ यो भन्दा दुखको कुरा के हुन सक्छ l एक नेपाली जनताको दुखलाई उपहास गरेर बस्ने नेतालाई मेरो पार्टीको नेता हो बिरोध गर्नु हुदैन यो के नैतिकता हो l कालो लाई गोरो भन्ने होइन कालो लाई कालो नै हो भन्ने सस्कारको विकास नभए सम्म मुलुक बन्दैन स्वार्थी नेताको जन्म मात्र हुनेछ l

जय नेपाल !

प्रतिक्रिया