वन्यजन्तु पालनका लागि खुकुली नीति बनाउने तयारीको विरोधमा शनिबार साइकल र्याली हुने

इनेप्लिज २०७२ चैत २६ गते १३:३४ मा प्रकाशित

प्रेस विज्ञप्ति

शिक्षासँगै आएको जनचेतनाले परिवर्तन ल्याउने गरेको प्रशस्तै उदाहरणहरु हामी सामु छ ।बढ्दो जनचेतनाले साना(साना गरी चालेको परिवर्तित कदम र त्यस कदमसँगै आएकोपरिवर्तनले हामी मानिसहरुलाई मान्छेले मान्छेलाई बलि दिने परम्परा देखि लिएर आज मानिस र पशु बिचको सम्बन्धपनि अगाढ प्रेम र स्नेहपूर्ण रहनुपर्छ भन्ने चेतनासम्म दिन सफल भएको छ । त्यतिमात्रै नभईकन वन्यजन्तुहरुको पनि संरक्षण उच्च मुल्याब्कनकासाथ गरिनुपर्छ भन्ने आवाज नेपालमा मात्र नभईकन सारा संसारको कुनाकाप्चा र युवाहरुको मन मस्तिष्कबाट फुट्न सुरु भइसकेको छ ।

त्यहि युवा र यो परिवर्तनको युगलाई आत्मसाथ गरी पशु र चराचुरुब्गीहरुको हकहितलाई मध्यनजर गर्दै केहि सन्बन्धित विषयवस्तुलाई उठाउनका निम्ति र जनमानसमा चेतना फैल्याई पशु र मानिसबिचको सम्बन्ध अझै प्रगाढ बनाउने हेतुले आउँदो चैत २७, २०७२शनिबारका दिन वन फुट फवार्ड को आयोजना र एनिमल राइट्स क्लब र लियो क्लब अफचितवन ( सेन्ट्रल को सह(आयोजनामा साइकल ¥याली हुन गइरहेको कुरा सबैमा जानकारी गराउन चहान्छौँ । सो ¥याली केहि संरक्षण, केहि पशु कल्याण र केहि पशु अधिकारका विषयवस्तुहरुलाई उत्थान गर्नका निम्ति आयोजना गरिनेछ । विशेष गरी नेपाल सरकारले हालसालै वन्यजन्तु पालन, संरक्षण र दिगो उपयोगमा सघाउन सर्वसाधारणहरुलाई वन्यजन्तु पालन तथा प्रजनन्अनुमति दिने गरी कानुन संशोधन प्रक्रिया अघि बढाइएको कदमको विरोध गर्दै यो ¥याली आयोजना हुनेछ । अन्य मुलुकहरुमा वन्यजन्तुलाई छुट्टै दर्जा दिई उनीहरुको संरक्षणको पाटोलाई विशेष ध्यान दिँदै गइरहेको अवस्थामा नेपालमा भने वन्यजन्तुलाई निजीकरण गर्ने अवधारणाहरु बाहिर आउने प्रक्रिया देखेर नेपालको वन्यजन्तु संरक्षण एकदमै धरासायी अवस्थामा छ भन्ने कुरा प्रष्टै बुझ्न सकिन्छ । केहि वर्षअघि देखिबाट बढाइएको वन्यजन्तु पालन तथा प्रजनन्अनुमति कानुन संशोधन प्रक्रिया अन्तर्गत वन्यजन्तु भेडा(बाख्रा उत्पादन गरेको जस्तो चाहेजति उत्पादन गर्न पाउने र बेचबिखन गर्न पाउनाले वन्यजन्तु ुघरेलुु मा परिवर्तन भई अस्तित्व समाप्त हुँदै जाने त्रास पनि त्यत्तिकै छ । नेपालको कानुनी इतिहास र त्यसको कार्यान्वयनलाई विश्लेषण गरी यो संशोधनको प्रक्रियालाई नियालेर हेर्ने हो भने यसलेभविष्यमा चाहेको लक्ष्य प्राप्त नगरी बरु विभिन्न वन्यजन्तुसँग सम्बन्धित समस्याहरु जस्तै चोरी शिकारी, अब्ग तस्करी छाला तस्करी आदी बढाउनमा टेवा पुग्नेप्रष्ट देखिन्छ । यो सबै कुरालाई मध्यनजर गर्दै कानुन संशोधन प्रक्रियाको विरोधमा ¥याली आयोजना हुनेछ ।

त्यसैगरी, पशु अधिकारकोदृष्टिकोणबाट हेर्दै मानिसले पशुलाई आफूजस्तै प्राणी सम्झिई उनीहरुको मायालाई र ममतालाई बुझुन्भन्ने आशयले पनि यो जनचेतनामुलक ¥याली आयोजना गर्न लागिएको हो । धन्यवाद ।

आयोजक ( वन फुट फवार्ड

सह(आयोजक ( एनिमल राइट्स क्लब

( लियो क्लब अफ चितवन ( सेन्ट्रल

( किड्स अगेन्स्ट एनिमल क्रुएल्टी

( नेपाल वाईल्डलाइफ कन्सरभेसन एण्ड सपोर्ट

( जैविक विविधता सरोकार समाज

( बुढीराप्ती चोरी शिकारी नियन्त्रण समूह

मिडिया पार्टनरस्

( प्रकृति प्रवाह

( आभास टेलिभिजन

प्रतिक्रिया