डुबेर दुई बालकको मृत्यु

इनेप्लिज २०७२ चैत २६ गते १:१४ मा प्रकाशित

इनरुवा, २६ चैत । सुनसरीको औरावनी भमरीमा पानीमा डुबेर बिहीबार दुई बालकको मृत्यु भएको छ ।

नुहाउने क्रममा स्थानीय खोलामा डुबेर औरावनी–९ भमरीका ५ वर्षीय विकास मुखिया र ११ वर्षीय आकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया