भर्जिनिया “नव बर्ष २०७३ सांस्कृतिक साँझ ” हुने

इनेप्लिज २०७२ चैत २५ गते १४:०६ मा प्रकाशित

प्राईड नेपाल यु एसले नेपाली नया बर्षको उपलक्ष्यमा नव बर्ष २०७३ सांस्कृतिक साँझ गर्ने भएको छ l उक्त सास्कृतिक साँझ डिसी महानगर क्षेत्रको म्याकलिन मा गर्ने तय भएको छ l

उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त गायक ,चलचित्रकर्मी ,एवम् स्थानीय कलाकारहरुको सहभागितामा गित ,संगीत तथा नेपाली नृत्य हुने भएको छ l

उक्त सांस्कृतिक साँझमा नेपालका वरिष्ठ गायक मधु क्षेत्री , चलचित्र नायक दिलिप रायमाझी तथा चलचित्र नायिका अनुपमा प्रसाईको प्रस्तुति रहने छ l

यसै गरि गायन क्षेत्रमा स्थानीय कलाकारहरुमा रिता श्रेष्ठ ,अर्जुन घिमिरे ,सुगन्ध श्रेष्ठ तथा इन्द्र श्रेष्ठको प्रस्तुति रहने छ l यस भेकमा रहने नेपाली समुदायलाई यो सुवर्ण मौका नगुमाउनु हुन् आयोजक बिशेष अनुरोध गर्दछ l फेरी थप जानकारी छिटै लिएर आउने छौ l

प्रतिक्रिया