मनोरन्जन लिँदै पवित्र उद्देश्यमा सहभागी बन्नुहुन हार्दिक निम्तो!

इनेप्लिज २०७२ चैत २४ गते १:३६ मा प्रकाशित

FotoFlexer_Photo

स्वदेशमा भुकम्पबाट भत्किएका विध्यालयहरुको पुन:निर्माणका लागि सहयोग जुटाउने पवित्र उद्देश्य लिएर नेपालबाट आएका राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले निम्न मिति, स्थान र समयमा एक कार्यक्रममा भव्य र सभ्य प्रदर्शन गर्ने भएका छन्।

Date: April 23rd Saturday, 2016
Time: 6:00 PM to 9:30PM
Vanue: 8820 Rixlew Ln Manassas VA 20109
(Stonewall Jackson High School) Manassas

कार्यक्रममा प्रसिद्द नायक राजेश हमालको विशेष प्रस्तुती रहनेछ। लोकप्रिय गायक राजेश पायल राईले भरपुर मनोरन्जन दिनेछन्। त्यसैगरी नायिका केकी अधिकारी र हास्य कार्यक्रम प्रस्तोता सन्दिप क्षेत्रीको विशेष प्रस्तुती समेत रहनेछ।

‘घाँसी नेपाल’ले आयोजना गर्ने यस कार्यक्रमलाई एनआरएन भर्जिनिया च्याप्टर लगायत नेपाली अमेरिकन कम्युनिटी र भर्जिनिया डिसी क्षेत्रमा क्रियाशिल सबै संघसंस्थाहरुले सहयोग सहकार्य र संयोजन गर्ने भएका छन्।

पवित्र अभियानमा सहयोग पुर्याउन सबै कलाकारहरुले निशुल्क रुपमा काम गरीरहनु भएको हुँदा टिकटको $20.00 र $50.00 का दरले उठेको सम्पुर्ण सहयोग सिधै विध्यालय पुन निर्माणका लागि प्रयोग हुने प्रतिबद्दता आयोजकबाट आएको छ।

त्यसैले भर्जिनिया डिसी क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुमा मनोरन्जन पनि लिँदैगर्दा पवित्र उद्देश्यमा सहयोग पनि पुग्ने यस भव्य र सभ्य कार्यक्रममा सहभागी भैदिनुहुन यस क्षेत्रमा क्रियाशिल सबै संघ संस्थाहरुको तर्फबाट तपाईसमक्ष हार्दिक अनुरोध गरिएको छ।

सिट सिमित भएकाले टिकटका लागि सबै सिटीहरुमा स्थानीय संघसस्थाका प्रतिनीधीहरुसँग सम्पर्क राख्नुहुन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया