गाडीको झ्यालबाट टाउको निकाल्दा गयो ज्यान

इनेप्लिज २०७२ चैत २३ गते १५:४८ मा प्रकाशित

रत्ननगर (चितवन), २३ चैत । चितवनको दारेचोकमा गाडीको झ्यालबाट टाउको निकाल्दा एक महिलाको आज ज्यान गएको छ ।

धादिङबाट पोखरा जान आउँदै गरेको ग१ख ६१८५ नम्बरको बसमा सवार एक यात्रुको झ्यालबाट टाउको निकालेका बेला ना४ख ४१४३ नंको ट्याङ्करले ठक्कर दिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनको दारेचोक–९ फिस्लिङमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा धादिङ सल्यानटारकी २३ वर्षीया नानुमायाँ परियार रहेको प्रहरीले जनाएको छ ।

झ्यालबाट टाउको निकालेका बेला ट्याङ्करले ठक्कर दिएर गम्भीर भएकी उनको उपचारका क्रममा आज दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया