फिदिमवासी दुई हप्तादेखि अन्धकारमा बस्न बाध्य

इनेप्लिज २०७२ चैत २१ गते १०:२९ मा प्रकाशित

पाँचथर, २१ चैत । बिग्रिएको ट्रान्सफर्मर लामो समयसम्म पनि मर्मत नभएपछि पाँचथरको सदरमुकाम फिदिमवासी झन्डै दुई हप्तादेखि अन्धकारमा बस्न बाध्य छन् ।

गत चैत ७ गते लोड बढी भएर पड्किएको ट्रान्सफर्मर अहिलेसम्म मर्मत नभएपछि फिदिमवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । फिदिमका ३५० घरधुरीका ७०० परिवार अहिले अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युत् आपूर्ति सञ्चालन नहुँदा बैंक तथा वित्तीय संस्था, साइबर, मोबाइल पसल, विद्युत्को भरमा सञ्चालन हुने पसल बन्द भएका छन् । विद्युत् आपूर्ति सञ्चालन नहुँदा जिल्लाका सञ्चारमाध्यम बढी मारमा परेका छन् ।

जिल्लामा ट्रान्सफर्मर मर्मत नहुने र मोरङको विराटनगर पु¥याउनुपर्ने हुँदा अझै केही दिन लाग्ने फिदिम साना जलविद्युत् परियोजना केन्द्रले जनाएको छ ।

प्रतिक्रिया