वीरगन्ज उपमहानगरको बजेट एक अर्ब ३८ करोड

इनेप्लिज २०७२ चैत २० गते ३:४९ मा प्रकाशित

वीरगन्ज, २० चैत । वीरगन्ज उपमहानगरपालिकाले ‘स्वस्थ्य, सुन्दर विकासको सहर ः वीरगन्ज नगर’ नारासहित अगामी आव २०७३/०७४ का लागि रु एक अर्ब ३८ करोड २० लाख ३२ हजारको वार्षिक बजेट र नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

उपमहानगरपालिकाकोे शुक्रबार वीरगन्जमा भएको २०औँ नगरपरिषद्मा स्थानीय प्रजातन्त्रको सुदृढीकरण, लोकतन्त्रका लाभको न्यायोचित वितरण, लैङ्गिक समानता र समावेशी विकास तथा सामाजिक वञ्चितीकरणमा परेका समुदायको सबलीकरणमार्फत नगर विकासलाई अगाडि बढाउने कार्यक्रमसहित बजेट विनियोजन गरिएको हो ।

उपमहानगरपालिकाले साधारण खर्चतर्फ रु १७ करोड ६९ लाख ७१ हजार, कार्यक्रम खर्चतर्फ रु १८ करोड ९६ लाख ४२ हजार तथा पु“जीगत खर्चतर्फ रु एक अर्ब एक करोड ५४ लाख १९ हजार बजेट प्रक्षेपण गरेको छ ।

वीरगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले अगामी आवका लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरको समग्र विकास, सेवा र सुविधा विस्तारलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नगरवासीलाई सुशासनको अनुभूति दिलाउने, नगरभित्र रहेका सार्वजनिक सम्पति अतिक्रमण हटाई त्यसलाई संरक्षण र संवद्र्धन गर्ने तथा वातावरण संरक्षण एवम् पिछडिएको समुदायको विकासका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया