एनआरएनए को क्षेत्रीय सम्मेलनको अमेरिकामा हुने

इनेप्लिज २०७२ चैत १९ गते २:५१ मा प्रकाशित

NRNA logo

मार्च ३०, २०१६ अमेरिका

हरेक दुई-दुई बर्षमा फरक फरक क्षेत्रमा हुने गैर-आवासिय नेपाली संघको क्षेत्रीय सम्मेलन यो पटक अमेरिकामा हुने भएको छ । एनआरएन आइसिसीको बैठकद्वारा अगस्ट २७-२८, २०१६ मा अमेरिकामा गर्ने निर्णय गरे पछि उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा र क्षेत्रिय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफल बनाउन बिभिन्न स्तरमा छलफल गर्नु भएको छ ।

एनआरएनले आफ्नो मिनी बिश्व सम्मेलनको रुपमा लिइने यस्ता सम्मेलनमा अध्यक्षले नै अध्यक्षता गर्ने गरिएको छ भने बिश्वभरिबाट एनआरएनहरुको सहभागीताहुने गर्दछ । हरेक क्षेत्रको गतिबिधी, केही नितीगत कुरा र संस्थागत अरु कुरा पनि हुने गर्दछन क्षेत्रीय सम्मेलनमा ।

क्षेत्रीय संयोजक लामाले कार्यक्रम गरिने ठाउँं न्यूजर्सी या न्युयोर्कमा गर्ने सहमति भैसकेको र होटलको टुङो लाग्ने बितिक्कै सबैलाई जानकारी गराइने बताउनु भएको छ । तर पनि सम्पूर्ण एनआरएनहरुलाई आगामी अगस्ट २७ र २८, २०१६ मा कार्यक्रममा सहभागी हुन आ-आफ्नो तयारी गर्न अनुरोध गर्नु भएको छ ।

तेसैगरी क्षेत्रीय उपसंयोजक एसी शेर्पाले कार्यक्रम सफलताका लागि गरिने बिभिन्न तयारी सुरु गरिएको र छिट्टै अन्तिम स्वरुप आउने बताउनु भएको छ । कार्यक्रमको स्वरुप बारे छोटो जानकारी दिंदै उपसंयोजक शेर्पाले भन्नु भयो अरु क्षेत्रीय सम्मेलन जस्तै नै हो तर केही नयाँ दिन सकिन्छ कि भन्ने प्रयासमा छौं ।

कार्यक्रमबारे एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले कार्यक्रम अमेरिकामा गर्ने निर्णय प्रति आइसिसी लाई धन्यवाद दिंदै यो अहोभाग्य लाई सफल बनाउन आफ्नो टिमले पूर्ण रुपमा लागि पर्ने बताउनु भयो । उपयुक्त ठाउँ कुन हुन्छ भनेर धेरै छलफल पनि गरिएको हो तर सबै भन्दा राम्रो न्युयोर्क र आसपास नै हुने देखिएकोले सोही अनुरुप तयारी गरिदै गरिएको बताउनु भएको छ ।

आगामी हप्ता एनआरएन क्यानाडा गतिबिधीबारे बिशेष हुनेछ । कार्यक्रमको बाँकी अप्डेट नियमित रुपमा गर्ने जानकारी गराउँदै धन्यवाद सहित

कृष्ण के.सी

रिजनल मिडिया कोअर्डिनेटर

उत्तर अमेरिका

प्रतिक्रिया