वाशिंगटन डिसीमा आनी छोइङको सांगीतिक प्रस्तुति अप्रिल २ तारिखमा हुने

इनेप्लिज २०७२ चैत १८ गते २३:०१ मा प्रकाशित

डिसी महानगर क्षेत्रका सम्पूर्ण नेपाली समुदायहरु ,

न्यानो अभिबादन !

युनिसेफकी सद्भाव दूत तथा सुमधुर स्वरकि धनि आनी छोइङको सांगीतिक प्रस्तुति आगामी अप्रिल २ तारिख शनिबार वाशिंगटन डिसीमा भब्यताको साथ हुने भएकोले यस क्षेत्र वरपर बसोबास गर्नु हुने सबैमा यो सुवर्ण अवसर न गुमाउनु हुन् आयोजक बिशेष अनुरोध गर्दछ l

आफु ,परिवार र साथीभाई सबैलाई जानकारी दिई वहालाई हौसला प्रदान गर्न हामि अनुरोध गर्दछ l आनी छोइङ्ग गत मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउनु भएको थियो l वहालाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहास मै प्रथम पटक नेपाली गायिकाको आनीले गाउनु भएको थियो l

कार्यक्रम वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा कार्यक्रम हुने छ l

बिस्तृत जानकारी यस प्रकार छ :

ANI-poster-DC-768x987

प्रतिक्रिया