कतारमा कलाकारहरूले सांगीतिक धमाका दिने

इनेप्लिज २०७२ चैत १८ गते १३:०३ मा प्रकाशित

alisa5_1459279863

दोहा । पर्वत युवा सेवा समाज, कतारले आउँदो १ अप्रिल २०१६ का दिनमा हुने सांगीतिक कार्यक्रम पर्वत सांगीतिक धमाकाको लागि कलाकार दोहामा आई पगेका छन् । धमकामा सम्पूर्ण दोहाबासीबासीहरुलाई नचाउने गायक तथा गायिकाहरुले बताए । प्रवाशको ठाउँमा रहेता पनि आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको सामाजिक संस्था पर्वत युवा सेवा समाज, कतार निकै चर्चामा आएको संस्था हो । जस्ले बिभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ । विगतमा समाजले कतारमा सामाजिक कार्यक्रम सहित सहकार्यमा सांगीतिक कार्यक्रम समेत सम्पन्न गरेको थियो । सांगीतिक धमाका कतारको नज्मास्थित सालिमार रेस्टुरेन्टमा १ अप्रिल २०१६ को दिन बिहान १० बजे देखि सुरु हुनेछ । नितान्त नेपाली गीत संगीत र आफ्नै गाउँठाउँका चर्चित राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारको उपस्थिति रहेको कार्यक्रममा उपस्थिति हुने छन् । कार्यक्रममा कलाकार सावित्री जोशी, जमुना राना तथा कल्पना काफ्लेले पनि आफ्ना प्रस्तुति दिने छन् ।

प्रतिक्रिया