लागुऔषधसहित तीन पक्राउ

इनेप्लिज २०७२ चैत १६ गते १५:५७ मा प्रकाशित

पोखरा, १६ चैत । वडा प्रहरी कार्यालय वैदामले लागुऔषधसहित तीनजनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा–१७ का अरुण तामाङ, स्याङ्जा फेदीखोला गाविस–८ का मोहन गुरुङ र झापा दमक नगरपालिकाका शर्मिला खजुम भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अभियुक्तले पोखरा–६ खहरेस्थित सडकमा ग१च ६७९० को कारमा डाइजायाम १३, लुपिजेसिक १३ र फेनेरागन १३ वटा बिक्री गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो

प्रतिक्रिया