अमेरिकामा अंग्रेजी नआएर नेपाली मात्र बोलेको चाही हैन है ?

इनेप्लिज २०७२ चैत १६ गते १:५२ मा प्रकाशित

BIJAY THAPA

भ्रम र भ्रमित हुनु राम्रो कुरा हैन l भ्रम पर्न पनि सक्छ l यसो भन्दैमा भ्रमित हुनु चाही भएन है l भाषा सित हाम्रो बिशेष लगाव तथा अन्तरसम्बन्ध गासिएको हुन्छ । मानव जाति धर्तीमा जन्मन साथ उस्का अभिभावक तथा पुर्खाहरुले उसलाई स्नेहपूर्वक केहि सौगात दिने गर्दछन । त्यो कोसेली हो भाषा । जन्म देखि मानवको चोला समाप्त नहुन्जेल भाषाको माध्यमबाट नै उसले सम्पूर्ण जीवन चक्र चलाउदछ ।

भाषा हरेक मुलुकका प्रत्येक नागरिकलाई देह भन्दा पनि प्रिय हुन्छ किनभने भाषाले देश भक्ति पनि जगाउछ । सबै भन्दा महत्व भाषा हुन्छ किनभने यसको विकास र विस्तारमा मात्र हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सम्भव हुन्छ ।

नेपाली भाषाको सर्वप्रथम अध्ययन रोमबाट, कसियानो बेलिगत्तिको अल्फावेट्म बह्मनिकम सेव युनिभर्सिटाइटिस काशीमा सन् १७७१ -मा भएको पाइन्छ । १८१६ मा पादरी क्यारे भारत आएका समयमा उनले भारतीय भाषाहरूको अध्ययन गरी ३३ भाषाका ३४ नमूना दिएका थिए ,जसमा नेपाली पनि सामेल थियो। एक हजारभन्दा धेरै वर्ष अगाडी नै आधुनिक आर्य भाषाका रूपमा विकसित नेपाली भाषाको लेख्य परम्पराको थालनी भएको ईतिहास छ ।

सन् १८२० मा सर्वप्रथम नेपाली भाषाको व्याकरण लेखिएको थियो,कलकत्ताको कोर्ट विलियम कलेजका प्रा जेए एटनले नेपाली भाषाको पहिलो व्याकरण देवनागरी लिपिको प्रयोग सहित लेखि व्याकरण लेखन परम्पराको श्री गणेश गरेका थिए ।

प्रा जेए एटनले नेपाली भाषाको व्याकरण ए ग्रामर अव्द नेपालिज्ल्याङ्ग्वेजमा अङ्ग्रेजी भाषामा नेपाली भाषाको स्वरूपको वर्णन गरिएको छ । नेपाली भाषाको मानकीकरण र स्तरीकरणमा नेपाली साथै अप्रवासी विद्वानहरूको योगदान स्तुत्य रहेको छ। धर्म अनि भाषा कुनै पनि सभ्य समाजका मेरुदण्ड हुन ।

वि. सं. १८६८ मा उनले लण्डनबाट नेपालको यात्रा वर्णन वंशावली समेत जोडेर ‘अन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल’ नामक पुस्तकमा सात/आठ सय जति नेपाली र नेवारी शब्दको अर्थ लगाएर एक शब्दावली प्रकाशित गरेको र सो नै नेपाली शब्दकोशको थालनी भएको इतिहासकार ज्ञानमणि नेपालले उल्लेख गरेका छन् ।

नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रुचि देखाउने विदेशीहरू देखिएका छन् l बीसौं शताब्दीको थालनीसितै नेपाली भाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू भएको देखिन्छ । सन् १९०१ मा काठमाडौंबाट गोरखापत्र र दार्जीलिङबाट गोर्खा खबर कागत्को प्रकाशन सितै नेपाली भाषामा पत्रपत्रिकाको प्रकाशन युग सुरुवात भएको ईतिहास हामी संग छ ।

पत्रपत्रिकाको प्रकाशनले भाषाको अध्ययन र व्याकरण लेखनलाई अत्यन्तै ठुलो टेवा मिलेको छ । हाम्रो भाषाको बिकाश हेतु बिदेशीहरुले नेपाली भाषाको लागि अहम भूमिका खेलेको हुनाले भाषा शास्त्रीहरुले मलजल गरि यो अवस्थामा सम्म पुर्याएका छन् ।

बिदेशी माटोमा थुप्रै संघ तथा संस्थाहरु स्थापित भएका छन् । नेपाली परम्परा ,संस्कृति ,भाषा प्रबर्धन ,रितिरिवाज र संरक्षण हेतु अधिकांश संघ तथा संस्थाहरुले बिदेशी भूमिमा नेपाली नाम जोडेकै पाईन्छ । अधिकासं यी संघ तथा संस्था मार्फत हाम्रा संस्कृति ,परम्परा र भाषामा ठुलो प्रबर्धन गर्न सफल पनि भएका छन् ।

आगन्तुक शब्दहरु सहर्ष स्वीकार गरि प्रयोग गरिने क्रम बढ्दो हुनाले नेपाली शब्दहरु बिस्थापित हुने देखिएको छ । साबधान हुनु जरुरि छ l हामी नेपाली हौ र हाम्रो भाषालाई हामी माया गर्दछौ ।

नेपाली भाषाको सर्वप्रथम अध्ययन रोमबाट अर्थात् बिदेशी माटोमा भएको थियो भने नेपाली भाषाको पहिलो व्याकरण प्रा जेए एटनले गरेका थिए । यिनी बिदेशी थिए तर पनि नेपाली भाषाको उन्नति र बिकाशको लागि ठुलो त्याग गरे ।

यस्तो ईतिहास बोकेको हाम्रो राष्ट्र र रास्ट्रिय भाषालाई हामी सबै मिलेर सम्बर्धन र संरक्षण गरेमा हाम्रा पिढीले हाम्रो त्याग र बलिदानलाई कहिले बिर्सने छैनन् । हाम्रो नेपाली भाषा कालजयी भै रहने छ र मौलाउने छ ।

प्रतिक्रिया