एनआरएन अमेरिका जुट्यो एनआरएन कम्युनिटी सेन्टर निर्माणमा !!

इनेप्लिज २०७२ चैत १६ गते १:४९ मा प्रकाशित

IMG_3292

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फ्रेन्स कल वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । मिति ०३/२६/२०१६ शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको वैठकले अमेरिकाको न्युयोर्कलाई केन्द्र विन्दु बनाएर एनआरएन कम्युनिटी सेन्टर निर्माण गर्ने कार्यमा जुट्ने निर्णय गरेको छ । एनआरएन आइसीसी,एनसीसी,च्याप्टर,एनसीसी सल्लाहकार,विभिन्न संघ-संस्था र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु समेत रहने गरेर एनआरएन,अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा एक समिति तयार गरी चाँडै नै प्रारम्भिक चरणको कार्य थाल्ने समेत वैठकले निर्णय गरेको छ ।एनआरएन अमेरिकाको रिक्त रहेको टास्क फोर्स तथा विविध पक्षमा छलफल गर्दा वरिष्ठ उपाध्यक्ष एवम् उपाध्यक्षहरुले आ-आफ्नो टीमको हाल सम्म भएका गरेका कार्यहरुको बारेमा जानकारी गराउँदै आगामी दिनहरुमा पनि यसरी नै यो भन्दा पनि प्रभावकारी ढंगले कार्यहरु अगाडि बढाउँदै लैजानु पर्नेमा जोड दिने निर्णय गरेको छ ।
यसका अतिरिक्त अमेरिकामा रहेका नेपाली समुदायको हितमा काम गर्न भिन्न भिन्न उद्धेश्य रहेको कार्यदल गठन गर्ने क्रममा डा. अर्जुन बन्जाडे को अध्यक्षतामा २१ सदस्यीय इजुकेशन टास्क र्फोस गठन गरिएको छ ।
वैठकमा एन आर एन,अमेरिकाकी बोर्ड अफ डायरेक्टर श्रीमती गोमा सेनको ममतामयी माता स्वर्गीय दिल कुमारी जिसी प्रति हार्दिक श्रद्धांजली व्यक्त गरिएको थियो भने भर्खरै सम्पन्न अन्तराष्ट्रीय नारी दिवस अमेरिका भरी नै एन आर एन,अमेरिकाकी महिला संयोजक राधा पौडेलको संयोजकत्वमा सफल रुपमा सम्पन्न भएकोमा वहाँ र वहाँको सम्पूर्ण टीमलाई नै धन्यवाद दिइएको थियो । त्यस्तै गरेर बैठकले एनअारएन अमेरिकाका मिडिया कोअर्डिनेटर सर्बज्ञ वाग्ले ले नेपालमा गई नेपाली समाजमा वर्षौं देखि क्यान्सरको रूपमा रहेको जुवालाई निर्मूल पार्ने अभियानमा ‘युधिष्ठिर ‘ नामक किताव निकालेकोमा शुभ कामना एवं सफलताको कामना समेत गरेको छ ।
उक्त वैठक एनआरएन अमेरिकाका महा सचिव तिलक श्रेष्ठले संचालन गर्नु भएको थियो ।

सर्बज्ञ वाग्ले मिडिया कोर्डिनेटर एनआरएन , अमेरिका

प्रतिक्रिया