दीपेन्द्रकी पूर्व गर्लफ्रेन्ड देवयानीको किन हुँदैछ डिभोर्स ?

इनेप्लिज २०७२ चैत १५ गते ३:२५ मा प्रकाशित

Devyani-Singh

काठमाडौं, १५ चैत । राप्रपा र राप्रपा नेपालबीचको पार्टी एकीकरण प्रक्रियामा गतिरोध उत्पन्न भएकै बेला सो पार्टीका दुई वरिष्ठ नेता भारत भ्रमणमा गएका छन् । वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनी गत शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् भने निवर्तमान अध्यक्ष पुशुपतिशम्शेर राणा १० दिनअघि दिल्ली गएका हुन् । यी दुवै नेताको भ्रमणलाई पार्टीले अत्यन्त गोप्य रोको छ । समाचार स्रोतका अनुसार भारतीय जनता पार्टी (बीजेपी)को निमन्त्रणमा उनीहरू दिल्ली पुगेका हुन् । हिन्दु राज्यको मामिलामा अध्यक्ष लोकेन्द्रबहादुर चन्द सकारात्मक रहे पनि राणा र लोहनी खुल्न सकेका थिएनन् । तरुण साप्ताहिकले समाचार छापेको छ । स्रोतका अनुसार दुवै राप्रपालाई एकीकरण गरी ठूलो र प्रभावशाली हिन्दूवादी पार्टी बनाइने रणनीति बीजेपीको छ । कांग्रेस आइका नेता अर्जुन सिंहको पारिवारिक सम्बन्ध बिग्रेका कारण पछिल्लो समय राणा बीजेपीसँग नजिक हुन खोजेका छन् । अर्जुन सिंहका छोरापट्टिका नातिसँग राणाकी छोरी देवयानीको विवाह भएको थियो । देवयानी दरबार हत्याकाण्डका चर्चित पात्र तत्कालीन युवराज दीपेन्द्रकी प्रेमिका हुन् । टेस्टट्यूब प्रविधिद्वारा एक छोरी जन्मेपछि उक्त विवाह बदर भएको छ । केटाले सौता हालेको भन्दै देवयानीले डिभोर्स प्रक्रिया अगाडि बढाए पनि अंश प्राप्त भइनसकेका कारण त्यसैको लफडामा राणा लामो समय दिल्ली बसेको समाचार स्रोतले जनाएको छ ।

प्रतिक्रिया