जापानमा नेपाली साँझ -प्रेस विज्ञप्ती

इनेप्लिज २०७२ चैत १३ गते ११:०० मा प्रकाशित

12899841_10209321019765042_257608828_n

जापानमा रहदै आएका नेपालीहरुको समृद्ध नेपाल अभियानमा उल्लेखनिय योगदान रहेको हामी सवैमा विदितै छ। विदेशमा वस्ने नेपालीहरु मध्ये जापानवासी नेपालीहरुको सकृयतामा मुलुकको विकासका लागि हामीले समेत आफनो क्षेत्रबाट समुदायलाई योगदान दिन पाएकोमा हामीलाई खुसी लागेको छ । जापानवासी नेपालीहरुमा नेपालीबाटै संचालन भएका विभिन्न सेवा सुविधाका कारण पनि हामीले हाम्रो अभियानलाई सार्थक तुल्याउदै आएका छौ।

हामीले जापानबाट विगत लामो समययता नेपाली समुदायमा रेमिटयान्स, रेष्टुरेन्ट, आईटि सहित विभिन्न व्यवसायीक तथा सामाजिक क्षैत्रमा आफनो तर्फबाट सक्दौ सहयोग पुरयाएको यहाँहरु सवैमा विदितै छ । नेपाली समुदायमा हामीले पृथक र सरल पद्धतीको सेवा कार्यक्रम अन्र्तगत जापानबाट पहिलो पटक सिधा बैकिङ कारोवार तथा नयाँ रेमिटयान्स सेवा संचालन सुरु गर्न लागेको यहाँहरुमा जानकारी गराउन चाहन्छौ ।

जापानमा नेपाली रेष्टुरेन्ट व्यवसाय क्षेत्रमा लामो समयदेखि सकृयता जनाउदै आउनु भएका व्यवसायी श्री बावुराम भण्डारी, आईटि क्षेत्रमा विशेष चर्चा कमाउनु भएका ईन्जिनियर श्री मेघराज नेपाल तथा जापानमा गैरआवासीय नेपाली अभियानमा छोटो समयमा सामाजिक क्षेत्रमा परिचत व्यवसायी श्री सुदन थापा तथा विभिन्न क्षेत्रमा सकृय व्यवसायीकहरुको सहभागितामा नेपालको क वर्गको सिद्धार्थ बैक लिमिटेडको बैकिङ सेवा तथा सिद्धार्थ रेमिटयान्स सेवा जापानबाट सुरु भएको आधिकारिक रुपमा जानकारी गराउन पाउदाँ खुसी लागेको छ ।

यसैवीच हाम्रो सेवा वारे जानकारी प्रदान गर्ने उदेश्यले आगामी २०१६को मे २ तारिकका दिन गोल्डेन विक तथा नेपाली नयाँ वर्ष २०७३को  अवसर पारेर औपचारिक जानकारी सहितको नेपाली साँझ मे २, २०१६कार्यक्रको आयोजना गर्न लागेका छौ ।

नेपाली साँझ २०१६ कार्यक्रमा नेपालका चर्चित गायक कलाकारहरु निमा रुम्वा, मनोज गजुरेल, ऋचा शर्मा, भद्रगोल टेलिफिल्मका पाँडेबुढा अर्जुन घिमिरे तथा जिग्री–ब्रो कुमार कट्टेल सहित चर्चित लोकदोहोरी गायिका काजल गुरुङको कार्यक्रममा विशेष सहभागिता रहनेछ । नयाँ वर्ष २०७३को अवसर सd]त पारेर गर्न लागिएको नेपाली साँझ २०१६ कार्यक्रममा जापानवासी नेपालीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिने छ ।

कार्यक्रम अवसरमा सिद्धार्थ बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, अधिकृत सुन्दरप्रसाद कडेल र रेमिटयान्स विभाग प्रमुख पंकज पन्त लगायतको पनि सहभागिता रहने जानकारी गराउन चाहन्छौ। कार्यक्रमवारे यहाँहरुमा आगामी दिनमा विस्तृत जानकारी गराउदै जानेछौ।

हाम्रो यस नयाँ सेवा तथा सेवा थालनिको अवसरमा आयोजना गरिने नेपाली साँझ २०१६को वारेमा आम जापानवासी नेपालीहरुमा तपाईहरुको लोकप्रिय संचारमाध्यममाबाट जानकारी सहितको समाचार सम्प्रेषणका लागि यहाँहरुमा अनुरोध गर्दैछौ ।

कार्यक्रमको विषयमा विस्तृत जानकारी तथा समाचारको ड्राफट संलग्न छ।

सहयोगका लागि धन्यवाद

बाबुराम भण्डारी

प्रमुख, सिद्धार्थ बैक लिमिटेड जापान

मितिः २०१६ मार्च २६

प्रतिक्रिया