एन.आर.एन.ए को बैदेशिक रोजगार सामाजिक सुरक्षा कोष “हजारे अभियान” को कार्यदलले पूर्णता पायो ।

इनेप्लिज २०७२ चैत १२ गते १:०२ मा प्रकाशित

एन.आर.एन.ए को बहुचर्चित योजना अन्तरगत बैदेशिक रोजगार सामाजिक सुरक्षा कोष “हजारे अभियान” को कार्यदलले पूर्णता पायो ।

यो राष्ट्रिय स्तरमा बहुचर्चित, बहुआयामिक, बहुउदेश्य तथा बृहत छलफल गरिएको तथा लागु भएको खण्डमा एन.आर.एन.ए को अहिले सम्मको उपलव्धी मुलक कार्ययोजना हुने मुल्याङ्कन गरिएको छ ।

डि.बि क्षेत्रीले पठाउनु भएको छापा बिज्ञप्ति जस्ताको तस्तै पूर्ण पाठ :

बैदेशिक रोजगार सामाजिक सुरक्षा कोष “हजारे अभियान” को कार्यदलको प्रस्तावित संरचना र कार्ययोजना ः

यस अभियानको प्रमुख उदेश्यहरु :

१. बैदेशिक रोजगारमा रहेका ४० लाख नेपाली तथा नेपाली मुलका बिदेशी नागरिकहरु लाई भैपरि आउ“दाको समयमा सारथी को रुपमा प्रयोगमा आउन सक्ने कोषको रुपमा बिकशित गर्ने ।
२. बिदेशमा रहेका नेपालीहरुलाई राष्ट्र निर्माणमा सहभागी गराउने र बर्षिक अनुमानित ४८ देखि ६० अर्व सम्मको पूजी संकलन गराउने ।
३. बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई स्वदेशमा सुरक्षित अवतरण गराउने ।
४. देशलाई भाबनात्मक, सामाजिक तथा आर्थिक रुपले एकबद्ध गर्ने ।
५. बैदेशिक रोजगारमा अंगभंग भएका, तथा मृत्यु भएका व्यक्तिको परिवारलाई जीबिकोपार्जनको हिस्सा यो कोषलाई बनाउने ।

सम्भाबित बाधा व्यबधान ः

लामो समयको राजनितिक खिचातानिले नेपालको राजनिति स्थिर हुन सकेको छैन यदि यहि अवस्था रहने हो भने भोलिका दिनमा राजनितिक स्वार्थका कारण यस अभियानको भावना र संबेदना पूर्ण रुपमा सम्बोधन नहुन सक्छन् साथै अन्य आई पर्न सक्ने व्यवधानहरुः
१. निति नियम र कर्मचारीतन्त्रबाट हुन सक्ने बाहानाबाजीहरु ।
२. बिभिन्न कारण गैर आवासीय नेपाली संघको अभियान कर्ताहरको कार्यक्रममा र कार्ययोजनामा एकरुपता हुन समन्वय हुन नसक्ने सम्भावना ।
३. संघ भित्रै पनि यस अभियानको पूर्ण अध्ययन तथा जानकारी नभई प्रस्तुत हुन सक्ने सम्भावना ।

अभियान सफलताको लागि गर्नुपर्ने गृहकार्य :

१. आउ“दो मे महिना भित्र यसको बृहत छलफल गरि ठोस अवधारणा तयार पारेर नेपाल सरकार समक्ष सहि र शशक्त तरिकाले उपस्थित भई यसको अवधारणालाई सरलिकरण गरेर तत्पश्चात राष्ट्रिय योजनामा परिणत गर्ने संकल्प गर्नुपर्ने ।
२. यसलाई एन.आर.एन.ए को माथिल्लो अंग देखि सबै एन.सि.सि हरुमा एक पटक प्रिजेन्टेशन गर्नु र गराउनु पर्ने र यस अभियानलाई एन.आर.एन.ए तथा प्रवाशी नेपालीहरुको एकै आवाज बनाउनु पर्ने ।
३. यस अभियानको अध्ययन गर्न तथा लागु गराउनको लागि आवश्यक गृहकार्यको लागि एन.आर.एन.ए. द्धारा गठित हजारे अभियान टास्क फोर्स जस्तै सरकारद्धारा पनि एक टास्क फोर्सको गठनको लागि दवाव दिनुपर्ने ।

सरकारबाट तथा बिज्ञहरुबाट आउने सम्भावित प्रश्नहरु

१. के यो सम्भव छ ?
२. कुनै इन्भेष्टमेन्ट कम्पनीको अवधारणा मार्फत जान सकिदैन
३. कसरी कसैलाई फोर्स सेभिङ्ग गराउन मिल्छ ।

याबत प्रश्नहरका जवाफ

१. सम्भव छ र सकिन्छ, यसको महत्वलाई सरकारले बुझेर यसरी प्रष्ट्याउन पर्ने हुन्छ कि जस्तो नेपालीहरुलाई नागरिकता वा पासपोर्टको आवश्यकता रहन्छ त्यस्तै यो कोष पनि बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई आबश्यक रहेको छ । जबकी यो कोषको मुख्य उदेश्य बैदेशिक रोजगारमा रहेका नेपालीहरुको सामाजिक सुरक्षा र देश बिकाश नै हो अथार्त यो कोष नेपाली जनताहरु कै बचत हो जसले देश बिकाशमा पनि योगदान पु¥याउने छ । एक मानेमा संचय कोष नै हो भनि बुझाएर बाध्यात्कारी कानुन बनाउनु पर्छ ।
२. नेपाल सरकारले नै जिम्मा लिनु पर्छ किनकी नेपालको ठुलो जनसंख्या यसमा सम्मिलित हुनेछ ।
३. यो कसैलाई फोर्स गरेर जम्मा गर्ने काष नभईकन तर सवैलाई संगठित गरेर संञ्चालन गरिने कोष जसले ५० लाख नेपालीलाई आवद्ध गर्नुका साथै ५० लाख बैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुरक्षा र देश बिकाशको आधार भनेर बुझ्नुपर्छ ।

यसको सम्पूर्ण तथ्यमा आधारित साथै भावनात्मक कोणबाट बिष्लेषण गरिएका आधारपत्रहरु यसैसाथ प्रस्तुत गरिनेछ र यसलाई बिना कुनै अर्को सम्भावना नटटोली मुख्य मर्मलाई केन्द्र बनाएर यसलाई शाब्दीक भाषिक र आर्थिक टर्मिनोलोजी सहित प्रस्तुत गर्नु पर्ने हुन्छ ।

कार्यदलको जिम्मेवारी सम्बन्धमा ः

एन.आर.एन आई.ई.एस

रेखदेख, खवरदारी, तथा सुझाव समितिको आधारमा रहने छ ।

नेपालको बर्तमान स्थितिमा हजारे अभियान लागु नर्गनुको अर्को बिकल्प छैन यसर्थ सल्लाहाकार ज्यूहरु तथा यस कार्यदलका पदाधिकारी ज्यूहरुले यसलाई मनन गरिसकेपछि निम्नानुसारको कार्यभार समापन गर्न सहयोग गर्नुहुने अपेक्षा राख्छु । यहा“ केहि बिषेश व्यक्तिहरुको जिम्मेवारीलाई मैले सरसर्ती प्रस्तुत गरिएको छ । यहा“ उल्लेख नभएका पदाधिकारीहरुको जिम्मेवारी छैन भन्ने चाहि मेरो आशय होईन अझ समग्रमा कसरी यस अभियानलाई शशक्त वनाउन र कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने बारे सोच बिचार गर्ने ठुलो दायित्व रहेको छ ।

सल्लाहकार टिमको जिम्मेवारी

प्रस्तावित अभियान पूर्ण रुपमा अध्ययन योग्य बनाउन आवश्यक सल्लाह सुझाब तथा यसलाई सरकार समक्ष प्रस्तुत गर्नका लागि आवश्यक पर्ने प्राविधिक पक्ष समेतलाई ध्यानमा राखि बिज्ञहरुद्धारा एक शशक्त प्रतिवेदन बनाउन सहयोग सल्लाहा सुझाव दिने । यसका साथै समय सापेक्ष यस अभियानलाई अघि बढाउन कार्यदलले गनुपर्ने कार्यहरुको सुझाब ।

महासचिव(बद्रि के.शी) ज्यूको जिम्मेवारी ः

महासचिव ज्यूले संस्था भित्र यस अभियानका अध्ययन अध्यापन गराउने तथा नेपाल सरकार संग समन्वय गर्न सहयोग र अघि बढ्न दिशानिर्देश गर्नुहुनेछ ।

दिपक खड्का तथा बिष्णु माया ज्यूको जिम्मेवारी ः

दिपक खड्का ज्युले यस अभियानलाई अझ परिष्कृत र उदार बनाउ“दै यसको मर्ममा रहेर अझै भाषिक तथा बैचारिक रुपमा अझै बिकशित बनाउन सहयोग गर्नुहुनेछ । यसमा बिष्णु माया परियार ज्युले महिला प्रतिनिधित्व र सल्लाहाका लागि सहयोग गर्नुहुनेछ ।
रतन झा ज्यूको जिम्मेवारी ः

रतन झा ज्यूले यसको अध्ययन तथा आङ्खनो सुझाव र लबिङ्गका लागि सहयोग गर्नुहुनेछ ।
कोषाध्यक्ष (हिक्मत थापा) ज्यूको जिम्मेवारी ः

हिक्मत थापा ज्युले यस अभियानको अध्ययन गरि परिआएको खण्डमा यो अवधारणा अध्ययन गर्न गराउन आवश्यक खर्च व्यवस्थापनको लागि संस्थाद्धारा वा अन्य कुनै श्रोतद्धारा जुटाउन सकिन्छ सुझाव प्रस्तुत गनुहुनेछ ।

सुरेन्द्र श्रेष्ठ ज्यूको जिम्मेवारी ः

कानुनबिद सुरेन्द्र श्रेष्ठ ज्युले यस अभियानलाई लागु गर्ने क्रममा आईपर्ने कानुनी बाधा व्यवधानहरुमा कसरी अघि बढ्न सकिन्छ सल्लाह सुझाव तथा आवश्यक परेमा नेपाल सरकार संग कानुनी बहस, सुझाव र अन्य कानुन सम्वन्धीका पाटो हेर्नुहुनेछ ।

अखण्ड भण्डारी ज्यूको जिम्मेवारी ः

अखण्ड भण्डारी ज्युले मिडियाद्धारा नेपाली जनता तथा नेपाल सरकार सम्म प्रस्तुत गरेर यसलाई अझ सटिक र सुचना मुलक बनाउन सहयोग गर्नुहुनेछ ।

चन्द्र रोकाहा ज्यूको जिम्मेवारी ः

यस अभियानको नेपाल संयोजकको रुपमा रहि यसलाई लागु गराउन वा यस सम्वन्धि कुनै बिषयमा नेपाल सरकार संग समन्वय गर्न परेमा उपरोक्त कामको संयोजन गर्ने काम गर्नुहुनेछ ।

डि.बि क्षेत्री ः

म डि.बि क्षेत्रीले यस सम्वन्धि बैठक बोलाउने, नेपाल सरकार र एन.आर.एन.ए मा रिपोर्ट तथा प्रगति बिवरण प्रस्तुत गने कार्यहरु गर्नेछु ।

क्षेत्रिय संयोजक ज्यूहरुको जिम्मेवारी ः

सबै क्षेत्रका क्षेत्रिय संयोजक ज्युहरुले आ–आङ्खनो क्षेत्रको नेतृत्व गर्दै यस अभियानको बिचार बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा संचार गर्न सहयोग गनुहुनेछ तथा आङ्खनो क्षेत्रबाट आएका सल्लाहा र सुझावहरुलाई यस टास्क फोर्सको बैठक जानकारी गराउनु हुनेछ ।

राष्ट्रिय समन्वय परिषदका प्रतिनिधी ज्यूहरुको जिम्मेवारी ः

राष्ट्रिय समन्वय परिषदका प्रतिनिधी ज्युहरुले उहा“हरुको परिषदलाई यस अभियानको जनचेतनाको लागि परिचालन गरि बृहत छलफल गरेर प्राप्त सल्लाह र सुझावहरुलाई यस टास्क फोर्सको बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

मिडियाको जिम्मेवारी ः

यस टास्क फोर्स अन्तरगतको मिडियाले यसको शसक्त प्रचार प्रसार गर्ने तथा सुझाव दिने काम गर्नेछ ।

यसको कार्यक्षेत्रमा सल्लाहाकार भन्दा अरु सबै सदस्य रहने छन् र संयोजक तोकिएको भएपनि संयोजक अन्य सदस्य जस्तै सामान्य भुमिकामा रहेर संयोजन गर्ने काम गर्नेछ । यसका साथै यस अभियानको अष्पस्टता र फरक बुझाईलाई प्रष्टाउने तथा एकरुपता ल्याउने पनि संयोजकले गर्नेछ । यस अभियानलाई अघि बढाउन हामी सबैको बराबर जिम्मोवारी रहने छ ।
(उपरोक्त जिम्मेवारी तोकिएको सदस्य ज्युहरुको सम्पर्क बिवरण सहित प्रतिबद्धता प्राप्त भएपछि अघि बढिने छ)

बैठकका सम्वन्धमा :
यस टास्कफोर्सको बैठक अप्रिल महिनाबाट ढिलोमा ४५ दिन र चाडोमा ३० दिनमा बस्नेछ । यस अभियानको प्रगति विवरणहरु महासचिवद्धारा अन्तर्राष्ट्रिय परिषदमा पेश गरिने छ ।

यस टास्क फोर्सले देहायका अन्य टास्क फोर्सहरु संग सहकार्य र बिचारको आदानप्रदान गरि अघि बढ्ने छौ
१. Foreign Employment and Migrant Worker’s Welfare(FEMWW)
२. Entrepreneurship and Enterprise Development (EED)
३. Women Empowerment (WE)
४. Social Entrepreneurship Development (SED)

हालसम्म यस अभियानको प्रगति बिवरण ः
१. पूर्व प्रधानमन्त्री स्व. शुशिल कोइराला समक्ष ब्रिफिङ्ग तथा लिखित प्रस्तावना हस्तान्तरण ।
२. हालका राष्ट्र बैंकका गर्भनर ज्युलाई लिखित प्रस्तावना हस्तान्तरण ।
३. पूर्व श्रम मन्त्री टेक बहादुर गुरुङ्ग ज्यु समक्ष ब्रिफिङ्ग तथा लिखित प्रस्तावना हस्तान्तरण ।
४. बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ब्रिफिङ्ग, लिखित प्रस्तावना हस्तान्तरण तथा कार्यान्यनको लागि बिभिन्न तवरबाट प्रयास जारी ।
५. बर्तमान उर्जा मन्त्री टोप बहादुर रायमाझी ज्यु समक्ष संघका महासचिवद्धारा ब्रिफिङ्ग ।

भवदीय :
डि.बि क्षेत्री
मध्य पूर्व सं

प्रतिक्रिया