नेपाली राजदूत डा कार्कीको फ्रेडरिक्सवर्ग मा स्वागत

इनेप्लिज २०७२ चैत ९ गते २२:४६ मा प्रकाशित

4b04fb47-7611-48a6-850b-b79971f07f51

२१ मार्च , वाशिंटन डिसी

अमेरिका का लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीलाई फ्रेडरिक्सवर्ग शहरका मेयर मेरि क्याथरिन ग्रिन ल, मेरी वाशिंटन युनिभर्सिटीका प्रेसिडेण्ट डा. रिचार्ड हर्लीले मेरि वाशिंटन विश्वविद्यालयको ड्युड हलमा स्वागत गरेका छन् ।

फ्रेडरिक्सवर्ग तथा काठमाडौं वीच जन स्तरमा भगिनी शहरको रुपमा आदान प्रदान गर्ने र सहयोग पुर्याउने उद्देश्यले गठित समितिका अध्यक्ष पूर्ण श्रेष्ठ, सदस्य गोविन्द गिरी प्रेरणा समेत संलग्न सो वैठकमा सो परियोजनाका परिकल्पनाकार डेभिड काप्ररा , मेयर मेरि क्याथरिन ग्रिन ल, सिटी काउन्सिल म्यान म्याथ्यू केली, मेरि वाशिंटन युनिभर्सिटीका अध्यक्ष डा. रिचार्ड हार्ली, सेण्टर फर इण्टरनेशनल एजुकेशनका निर्देशक डा. होजे सान्चेज, विभागिय प्रमुख डा. क्रेग भासी, वुद्धिजमका प्राध्यापक तथा नेपाल आदान प्रदानका डा. डानियल हिर्चस्वर्ग , मल्टिकल्चरल फेयरकी सु ह्याण्डरसन उपस्थित थिए ।

सो अवसरमा राजदूत कार्कीले जनस्तरमा भगिनी शहरको अवधारणालाई सकारात्मक रुपमा आफूले लिएको वताउँदै सो का लागि दूतावास तथा राजदूतले गर्न सक्ने सहयोग गर्न आफू खुल्ला रहेको वताउनु भयो ।

e63ab36c-8108-436d-8b23-702312717b34

सो अवसरमा राजदूत डा. कार्कीले अमेरिका तथा वेलायतले नेपाल भ्रमणका लागि जारी गरेको यात्रा चेतावनी हटाएको वताउनु हुँदा सबैले खुशी मानेका थिए l नेपालका विश्वविद्यालयमा अध्ययन अनुसन्धानका लागि वाटो खुलेकोमा हर्षित भएका थिए ।

वैठक पश्चात् राजदूत कार्कीलाई विश्वविद्यालयका विभिन्न चाखलाग्दा विभाग भ्रमण गराईएको थियो भने यौटा कक्षा कोठामा राजदूत पुगेपछि विद्यार्थीहरु सित प्रत्यक्ष कुराकानी गर्नु भएको थियो l विद्यार्थीहरु यसरी साक्षात्कारको अवसर पाएकोमा प्रशन्न भएका थिए ।

प्रतिक्रिया