क्रसर उद्योगका कारण खानेपानीको समस्या

इनेप्लिज २०७२ चैत ९ गते ७:५२ मा प्रकाशित

मेलम्ची, ९ चैत । बर्खामा खोला धमिलो हुनुलाई स्वभाविक मानिएपनि सिन्धुपाल्चोक जिल्लाकोे इन्द्रावती नदीमा भने हिउँद याममा पनि पानी धमिलो नै हुने गरेको छ ।

खोला आसपासमा सञ्चालित क्रसर उद्योगले बालुवा धोएको पानी नदीमा मिसाएपछि नदी धमिलो हुनुको साथै आसपासका क्षेत्रमा खानेपानीको समस्या भएको छ ।

भूकम्पले विभिन्न ठाउँको खानेपानीको मुहान सुकेपछि अहिले इन्द्रवतीको धमिलोपानी खानुपर्ने बाध्यता भएको सिपापोखरे, भिमटार, भोटसिपा, बाँडेगाउँ, बाँसवारी, फटकशिला र सिपाघाटका स्थानीवासीले गुनासो गरेका छन् ।

स्थानीय सिपाघाटवासी किशोर विद्याधरका अनुसार बालुवा धोएको पानी खोलामा मिसाउँदा खानेपानीमा मात्र होइन पूरा वातावरण नै प्रदूषित भएको छ ।

अहिले इन्द्रावती नदी किनारको बस्तीमा बसोबास गर्दै आएका करिब दुई हजार १०० घरपरिवार पानीको सुविधाबाट वञ्चित भएका छन् ।
क्रसरले यसअघि नदीबाट बालुवा गिट्टी निकाल्दा खोला गहिरिएर सिँचाइ गर्न कुलोमा पानीसमेत नचडेकाले यहाँका किसान थप समस्यामा परेका छन् ।

प्रतिक्रिया