चितवन, ९ चैत । पाँच दिनअघि नारायणी नदीमा माछा मार्ने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका एक युवाको शव आज बिहान नारायणी नदीमा फेला परेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार कोराक गाविस–७ घर भई भण्डारा–१ बस्ने २७ वर्षीय सन्तलाल मोक्तानको शव उद्योग वाणिज्य सङ्घको कार्यालय पछाडि नदी किनारमा आज बिहान ६ः३० बजे फेला परेको हो ।
प्रतिक्रिया