स्वास्थ्य शिविरबाट लाभान्वित

इनेप्लिज २०७२ चैत ७ गते २:३५ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ७ चैत । म्याग्दीको बेनी नगरपालिका–१३ सिंगा तातोपानीमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

फिस्टेल हस्पिटल पोखराको प्राविधिक सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समिति र तातोपानी युवा क्लबले आयोजना गरेको शिविरबाट एक हजार ३२७ जना सर्वसाधारण लाभान्वित भएका छन् ।

आठसय ९४ जना महिला र ४३३ जना पुरुषले सेवा लिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका उपाध्यक्ष योगेन्द्र केसीले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइएको थियो । करिब रु तीन लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो ।

सिंगा, तातोपानी, बरञ्जा, कुहुँ र पुलाचौरका साथै तातोपानी कुण्डमा स्नानका लागि आएका देशका विभिन्न स्थानका सर्वसाधारण शिविरबाट लाभान्वित भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।

शिविरमा फिस्टेल हस्पिटल पोखराका चिकित्सक प्रदीप घिमिरेको नेतृत्वमा रहेको १० जना विशेषज्ञ चिकित्सकको टोलीले सेवा दिएको थियो । बाल, दन्त, नाक, कान घाँटी, सर्जिकल, हाडजोर्नी, नसारोग, पेट, छाती तथा मुटु, स्त्री तथा प्रसूति रोगका बिरामीको उपचारका साथै भिडियो एक्स–रे, रक्तपरीक्षण, इसिजी, प्रयोगशाला र जनरल फिजिकल सेवा दिइएको थियो ।

प्रतिक्रिया