टानद्धारा राहत प्रदान

इनेप्लिज २०७२ चैत ७ गते २:१७ मा प्रकाशित

काठमाडौँ, ७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले सन् २०१४ मा नेपालका विभिन्न हिमाली क्षेत्रमा हुदहुद आँधीका कारण आएको हिमपातमा परी ज्यान गुमाएका पदयात्रा मजदुरका आश्रित परिवारलाई शनिबार राहत रकम प्रदान गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रत्येक पीडित परिवारलाई नेपाल पर्यटन बोर्डबाट टिम्सबापत प्राप्त भएको रु दुई लाख प्रदान गरेको हो । आश्रित परिवारले किरिया खर्चस्वरुप रु ५० हजार पहिले नै पाइसकेका थिए ।

अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनबाट पदयात्रामा गएका जीतबहादुर तामाङ, लाक्पा शेर्पा र कृष्ण विकस डेस्टिनेसन नेपालबाट मुस्ताङ क्षेत्रको पदयात्रामा गएका लाक्पा दोर्जे लामा, लामा पेम्बा लोप्चन, दावा स्याङ्गा, रोमन तामाङ, दावा सिदार तामाङ, सोम लोप्चन, वांग्दी लोप्चन, सानुकाजी घिसिङ र आइतराम घिसिङ्स नेपाल ट्रान्स हिमालयन एक्सप्लोररबाट धौलागिरि पदयात्रामा भएका भोजकुमार राई, गोपाल राई र दोर्जे शेर्पास स्विसाज् माउन्टेन वे ट्रेकका पासाङ छिरिङ शेर्पास् नेपाल इकोलोजी ट्रेक्सका सन्ते तामाङ्स र अमोनाइट एड्भेन्चर एण्ड ट्रेक्सका तोपनाथ लामिछानेलाई किरिया खर्चसहित रु दुई लाख ५० राहतस्वरूप प्रदान गरिएको टानले जनाएको छ ।

कार्यक्रममा मन्त्री पोखरेलले आश्रित परिवारले समयमै राहत पाउन नसक्नु दुर्भाग्यपूर्ण भएको भन्दै थोरै भए पनि यो राहत रकमले आश्रित परिवारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

आश्रित परिवारलाई समयमै राहत रकम निकासा हुन नसकेकामा क्षमा माग्दै नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले प्राविधिक मुद्दाहरु सल्टाउँदै टानले पाउनुपर्ने रकम यथाशीघ्र निकासा गर्न पहल भइरहेको जानकारी दिनुभयो ।

त्यसैगरी मजदुर युनियनका तर्फबाट बोल्दै युनिट्राभका महासचिव सुमन पराजुलीले आश्रित परिवारले समयमै राहत रकम पाउन नसक्नु दुःखद रहेको बताउनुभयो ।

टान अध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पदयात्रा क्षेत्र सुरक्षित बनाउन टान लागिपरेको बताउँदै राहत रकम सानो भए तापनि यसले आश्रित परिवारको मनमा लागेको घाउका खाटा पुर्न सहयोग पुग्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया