रत्ननगर ५, चैत्र ।
पूर्वी चितवनको कालिका नगरपालिका – ७, खोलेसिमलमा रहेको सिद्धि विनायक आवासीयमा.वि. मा अध्ययनरत १० कक्षाका विद्यार्थीहरुको आज शुक्रबार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ ।
विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका डाइरेक्टर लिला बहादुर गुरुङ्ग, सहायकप्राचार्य नवराज बञ्जारा, शिक्षक पुरुषोत्तम दुवाडी, कक्षा ९ का विद्यार्थी अनिश धमलालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्यएवम् कविता, गजल समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया