चितवन, रत्ननगर ६ चैत्र ।
पूर्वी चितवनको कालीका नगरपालिका–७ खोलेसिमलस्थित सिद्धि विनायक आवासीय माविको आयोजनामा आज शनिबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनको सहयोगमा भएको शिविरमा ३७५ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएकोथियो । सोही अवसरमा विरामीहरुलाई निःशुल्क औषधी वितरण समेत गरिएको थियो । शिविरमा छाला,हाडजोर्नी,बालरोग लगाायतका बिरामीको उपचार गरिएको विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेले जानकारी दिए। शिविरमा डा चन्द्रकान्त ज्ञवाली सहितको स्वास्थ्यकर्मीको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेका थिए । त्यस्तै बिद्यालयमा अध्ययनरत १० कक्षाका विद्यार्थीहरुको एक कार्यक्रमका बीच बिदाई गरिएको छ । विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका डाइरेक्टर बहादुर गुरुङ्ग, सहायक प्राचार्य नवराज बञ्जारा, शिक्षक पुरुषोत्तम दुवाडी, कक्षा ९ का विद्यार्थी अनिश धमला लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य एवम् कविता,गजल समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया