पाँच घन्टाको प्रयासपछि आगलागी नियन्त्रणमा

इनेप्लिज २०७२ चैत ६ गते ५:०३ मा प्रकाशित

नेपालगन्ज, ६ चैत । आज बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो केही समयअघि नियन्त्रणमा ल्याइएको छ ।

प्रहरी, सेना र दमकलका कर्मचारीको पाँच घन्टाको अथक प्रयासबाट आगलागी नियन्त्रणमा आएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी गराउनुभयो । प्रहरीले गरेको प्रारम्भिक अनुमान अनुसार विद्युत् तार सर्ट भएका कारण आगो लागेको हुन सक्छ ।
उद्योगका सञ्चालक पङ्कजकुमार वैश्यले उद्योगमा रहेको यन्त्र, कच्चा पदार्थ र तयारी कपास गरी रु एक करोड २० लाखको क्षति भएको बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

प्रतिक्रिया