गण्डकीबेँसीमै पहिलो पटक गुम्बा

इनेप्लिज २०७२ चैत ६ गते ३:५० मा प्रकाशित

gumbaaरामपुर (पाल्पा), ६ चैत । पाल्पा, स्याङ्जा र तनहुँका तमु समाजको सक्रियतामा साँखरको वनकट्टामा गण्डकीबँेसीकै पहिचानका रुपमा पहिलो गुम्बा बन्ने भएको छ ।

यस क्षेत्रको गुरुङ समुदायले संस्थागत विकास गर्न एक जुट भएर गुम्बा निर्माणका लागि साँखर रामपुर रत्नपुर तमु एकीकृत समाज क्वोइयो निर्माण समिति गठन गरी यस क्षेत्रमा नै पहिलो पटक गुम्बा बनाउन लागिएको समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

गुम्बा निर्माणका लागि पाल्पा, स्याङ्जा र तनहुँका बासिन्दाको सहयोग तीव्र रुपमा भइरहेको सचिव गिरबहादुर गुरुङले बताउनुभयो । रु १७ लाखको लागतमा निर्माण हुन लागेको गुम्बाका लागि अहिलेसम्म रु पाँच लाख बराबरको सहयोग जुटेको छ ।

प्रतिक्रिया