काँकडभिट्टा (झापा), ६ चैत । लागुपदार्थ दुर्व्यसनमा मुलुकमा पाँचौँ स्थानमा बदनाम झापामा दुर्व्यसनीको सङ्ख्या झन्डै सात हजार छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीका अनुसार जिल्लामा आव २०६९/०७० को तथ्याङ्कानुसार २४४ महिलासहित छ हजार ८०० लागुऔषध दुर्व्यसनी छन् ।
‘लागुऔषधरहित स्वस्थ्य समुदायका लागि हाम्रो अभियान, महिला हिंसा अन्त्य गरौँ, कुलत र कुसङ्गतले असल जीवन दिँदैन’ लगायत नारासहित यही चैत ८ गते बिर्तामोडमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र जिल्लाभरका सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम हुने जानकारी दिनुभयो ।
प्रतिक्रिया