काममा फर्किए सरसफाइ कर्मचारी

इनेप्लिज २०७२ चैत ५ गते १:०७ मा प्रकाशित

लहान, ५ चैत । स्थायी गर्नुपर्ने माग गर्दै कामकाज बहिष्कार गरी धर्नामा बस्दै आएका लहान नगरपालिकाका कुचिकार बिहीबारदेखि काममा फर्केका छन् ।

आन्दोलनरत पक्षसँगको वार्तामा नगरपालिकाका कार्यकारी अधिकृत मोहम्मद शेरे मुस्तफाले कुचिकारको पोसाक भत्ता वृद्धि गर्ने र ज्यालादारीलाई करारमा नियुक्त गर्ने सहमति जनाएपछि कुचिकार आन्दोलन स्थगन गरी काममा फर्केका हुन् ।

नयाँ तथा पुराना सबै कुचिकारलाई स्थायी गर्नुपर्ने, सार्वजनिक बिदाका दिन गरेको कामको थप सुविधा उपलब्ध गराउनुपर्ने, २०६६ सालमा भएका स्थायी दरबन्दीको विज्ञापन खोल्नुपर्ने लगायतका मागसहित कुचिकार नगरपालिकाको मूलद्वारमै धर्ना बस्दै आएका थिए ।

प्रतिक्रिया