नेपाल एयरलाइन्सको विमानमा बम भएको हल्ला

इनेप्लिज २०७२ चैत ४ गते ११:०० मा प्रकाशित

काठमाडौँ, ४ चैत । भारतको नयाँदिल्लीबाट काठमाडौँ उडान भर्न लागेको नेपाल एयरलाइन्सको आरए–२०६ विमानमा बम भएका हल्ला चलेपछि उडान अवरुद्ध भएको छ ।

अपरिचित व्यक्तिले विमानमा बम रहेको भन्ने जानकारी भारतीय सुरक्षा निकायलाई दिएपछि उक्त विमान अहिले सुरक्षा जाँचका क्रममा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले राससलाई जानकारी दिनुभयो ।

“बम राखिएको हल्ला चलेपछि अहिले विमानको सुरक्षा जाँच भइरहेको छ, हल्लाअनुरुप त्यस्तो केही फेला परेको छैन, नेपालतर्फको अन्तर्राष्ट्रिय उडान सामान्य छ” – उहाँले भन्नुभयो ।

उक्त विमान नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १२ः४० मा काठमाडौँ उड्ने तयारीमा थियो । विमानमा बम राखिएकोे हल्ला चलेपछि भारतीय सुरक्षा निकायले नियन्त्रणमा लिएर जाँच गरेको हो ।

प्रतिक्रिया