मास्को,मास्कोको उत्तरी क्षेत्रमा रहेको ‘सेरेब्य्रान्नी बोर’ भनिने रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमीरहेको बरफको बाक्लो पत्र काटेर वनाइएको २५ मिटर लामो पोखरीमा हिउँदको ठिहि¥याउने पानीमा पौडी खेल्ने हुनाले ‘जलसिंह’ (रूसी भाषामा ‘मोर्ज’ भनिने पौडीबाजहरू र अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई बिदा गरेका थिए । मास्कोको ‘सेरेब्य्रान्नी बोर जलसिंह क्लब’ का अध्यक्ष, मास्कोका प्रख्यात ‘जलसिंह’ सेर्गेइ माक्सिमोभको निमन्त्रणामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारी तथा उपाध्यक्ष डिल्ली खरेल सुमनलगायत केही नेपालीहरूको पनि त्यस रमाइलो डुबुल्की लगाउने समारोहमा समुपस्थिति रहेको थियो । डिल्ली खरेल सुमनले बरफ–पानीको पोखरीमा एकपल्ट मात्र नभई रूसी पाराले तीनपल्ट डुबुल्की लगाएका थिए ।
रूसका सबै स्थानमा रहेका बरफ जमेका पोखरी, सरोवर र नदीहरूमा क्रस आकारको पोखरी बनाएर रूसी अर्थाडक्स चर्चका अनुयायी नरनारीहरूले हरेक वर्ष जनवरीको ७ तारीखका दिन चीसो पोखरीमा न्यासध्यानपूर्वक देवपिता, देवपुत्र र पवित्र आत्माको स्मरण गरी तीनपल्ट डुबुल्की लगाउने गरेका छन् । रूसका कतिपय राजनैतिक पार्टीका नेताहरू समेत यस्तो मौकाको उपयोग गर्न चुक्तैनन् । मेरै निवासस्थानको नजिकै रहेको भोरोन्चोभ्स्की पार्कको पोखरीमा पनि यस्तो धार्मक अनुत्रठानको आयोजना गरिन्छ । त्यहाँ रहेको बरफ काटेर बनाइएको सानो पोखरीमा हिउँदभरि यस इलाकाका ‘जलसिंहहरू’ पौडी खेल्ने गरेको मैले स्वयं बिहान डुल्न जाँदा देख्ने गरेको छु । यस्तो दृश्य देख्दा न्यानो लुगा, फरकोट र बुट लगाएर घुम्न निस्केको मेरो आङ सिरिङ्ग हुन्छ ।
मास्कोको ‘सेरेब्य्रान्नी बोर जलसिंह क्लब’ का अध्यक्ष सेर्गेइ माक्सिमोभले मलाई पनि कैयौं पल्ट बरफ जमेको चीसो पानीमा पौडी खेल्न र डुबुल्की लगाउन निम्त्याइसकेका छन् । तर त्यसमा भाग लिने आँट गर्न सकेको छैन, यद्यपि तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा मुनि भएमा पानी जमेर हिउँ बन्ने हुनाले बाहिरको वातावरण ऋणात्मक भए पनि बरफको पत्र मुनिको पानी चाहिं धनात्मक (कम्तीमा पनि १ देखि ४ डिग्रीसम्म) हुन्छ र डुबुल्की लगाइसकेपछि जीउमा न्यानो अनुभव हुन्छ । उनले मलाई भनेअनुसार कसैको लहैलहैमा लागेर होइन कि आफ्नै दृढनिश्चय अनुसार क्रमिक अभ्यास गर्दै बर्फिलो पानीमा चुलुम्म डुब्न सकिन्छ र यस्तो व्यक्ति मात्र बाह्रै महिना स्वस्थ रहेर ‘जलसिंह’ बन्न सक्तछ । सायद यस्तै मानसिक दृढनिश्चयको बलले नै शिवरात्रिको जाडो मौसममा बरफ जमेको गोसाईंकुण्डको चीसो पानीमा पनि धर्मभीरु नेपाली नरनारीहरूले डुबुल्की लगाउने साहस बटुलेका होलान् !..
सेर्गेइ माक्सिमोभले ‘स्वस्थ जीवनशैली पद्धति’ शीर्षकको आफ्नो पुस्तक समेत मलाई उपहार दिएका थिए । स्वास्थ्यलाभको प्राकृतिक उपायको चर्चा गरिएको त्यस पुस्तकमा उनले शरीरलाई स्वच्छ र स्वस्थ राख्नका लागि अपनाउनुपर्ने मुख्यतः पाँच पद्धतिको उल्लेख गरेका छन् । ती हुन् ः (१) शीतोष्ण अनुकूलनीकरण पद्धति अर्थात् असह्य गर्मी र असाध्य चीसो सहन सक्ने हुनका लागि शरीरलाई प्रकृतिले नै वसन्त, ग्रष्मि, शरद् र शीत ऋतुमा क्रमशः संक्रमणको व्यवस्था मिलाएजस्तै गरी मानव शरीरलाई पनि क्रमशः ताप र शीतको अनुकूल तुल्याउनु पर्दछ, (२) क्रियाशील पद्धति अर्थात् श्रम र व्यायामद्वारा मस्सललाई क्रियाशील गरी शारीििरक तन्दुरुस्ती कायम राख्नुपर्दछ, (३) सात्विक भोजन पद्धति अर्थात् ६० प्रतिशत सागपात र फलपूmल, २० प्रतिशत माछामासु र दुग्धपदार्थ, अनि बाँकी २० प्रतिशतमध्ये तीन खण्डको १ खण्डका हिसाबले गुलियो (मह, सक्खर), बोसो (घिउतेल), माँड (चामल, पीठो, आदि अन्नको सारतत्व) हुनुपर्दछ, (४), शुद्धिकरण पद्धति अर्थात् मानव अङगलाई श्रम अनुसार विश्राम दिनुका साथै निद्रावस्थामा रक्तसञ्चार, पाचनप्रक्रिया आदि सहज तुल्याउन साँझपछि नखाएर भोकै सुत्नु उपयोगी हुन्छ, र अन्त्यमा रोगव्याधिबाट बच्नका लागि शरीरमा रहेका जैविक ऊर्जाशक्तिका केन्द्रहरूको माध्यमबाट शक्ति सञ्चय गर्नुपर्दछ ।
मास्कोका ‘जलसिंहहरूका राजा’ मानिने सेर्गेइ माक्सिमोभ जीवनको ८० हिउँद पार गर्ने तरखरमा रहँदा समेत निकै हट्टाकठ्ठा र पूmर्तिला देखिन्छन् र उनी हिउँदको ठिहीट्टयाउने जाडोको कुनै वास्ता नगरेर चीसो बरफ–पानीको पोखरीमा चुर्लुम्म डुबुल्की लगाएर पौडी समेत खेल्दछन् । उनी सन् १९७० को दशकतिर सोभियथ संघको सहयोगबाट निर्माण भइरहेको भारतको भिलाई धातुकारखानामा काम गरिरहेको समयदेखि नै योगाभ्यासतर्पm आकषर््ित भएका थिए र अद्यापि कमलासन मात्र नभई त्यसको उल्टो किसिमले शीर्षासन समेत गर्दछन् । उनी ‘विश्वको पिरामीड’ अर्थात् हिमालयको देश नेपाललाई निकै मन पराउँछन् र उनले नेपाल पुगेर हिमालयसम्म पदयात्रा समेत गरेका छन् ।
हिउँदसँग बिदा लिने सन्मर्भमा गतः ८ मार्चका दिन सेरेब्य्रान्नी बोर क्षेत्रको सानो रमणीय सरोवरमा बरफ काटेर बनाइएको पोखरीमा बर्पिmलो पानीमा पौडी खेल्ने मास्कोका ‘जलसिंह’ र ‘जलसिंहनी’ समूहको प्रतियोगिताको पनि आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीले मास्कोवासी नेपाली समुदायको तर्पmबाट उक्त प्रतियोगिता विजेताहरूलाई शुभेच्छासहित बधाई ज्ञापन गर्दै ‘डोमेटिक रूस’ निने कम्पनीद्वारा प्रदत्त ‘डोमेटिक मोबाइल कूल बक्स’ पुरस्कारको रूपमा प्रदान गर्नुभएको थियो ।
यसरी हिउँदसँग बिदा लिन ‘सेरेब्य्रान्न िबोर जलसिंह क्लब’ को आयोजनामा सम्पन्न बरफ–पानीमा डुबुल्की लगाउने रमाइलो खेल तथा पौडीप्रतियोगितामा रूसमा बसोवास गरिरहेका नेपालीहरूको पनि प्रतिनिधित्व रहनु महत्वपूर्ण परिघटना हो भन्दा अत्युक्ति हुने छैन ।
दिनाङ्क : १३ मार्च २०१६ (आइतवार)
मास्को, रूस महासंघ ।
प्रतिक्रिया