काठमाडौँ, २ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी खैरवनी–४ स्थित सरस्वती जनता प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रअले रु सात लाख ४८ हजार १७ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनरेश यादव र प्रअ विनोदकुमार रायले विद्यालयललाई विभिन्न आवमा भौतिक निर्माण र विद्यार्थी सङ्ख्या गलत देखाई, फर्जी कागजसमेत बनाई सरकारी अनुदानको रुपमा प्राप्त रकम हिनामिना गरेको पाइएको छ ।
अनुदानका रुपमा प्राप्त भएको रकम हिनामिना गरी सरकारलाई हानी नोक्सानी पु¥याउने कार्य गरी भ्रष्टाचार गरेको पाइएकाले हदैसम्मको कारबाहीको माग गरिएको प्रवक्ता पुस्करले जानकारी दिनुभयो ।
प्रतिक्रिया