महिलालाई बचत तथा ऋण बारे प्रशिक्षण चेपाङ संरक्षण केन्द्रलाई जर्मनबाट खाद्यान्न

इनेप्लिज २०७२ चैत २ गते १२:२० मा प्रकाशित

DSCI3522

रत्ननगर ०२ चैत

चितवनको रत्ननगरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई जर्मनबाट एक लाख रुपैया वराबरको खाद्यान्न सामाग्री सहयोग आएको छ । नारायणगढ घर भई जर्मनमा बस्दै आएका रामप्रताप थापाले केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुको लागि खाद्यान्न सामाग्री सहयोग गरेका हुन । थापाले वालवालिकाका लागि ४० बोरा चालम,१० कार्टुन तेल,१० बोरा भूजा,१० बोरा स्वविन,२ बोरा आलु,२ वोरा दाल,वेसार लगायत दैनिक आवश्यकीय बस्तु सहयोग गरेका हुन । केन्द्रमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाका प्रशासकिय अधिकृत रामकुमार अर्यालले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

DSCI3528

सो अबसरमा उनले केन्द्रमा खाद्यान्न अभावहुन नदिन हरदम सहयोग गर्न तयार रहेको बताए । थापा यस अधि केन्द्रमा स्थापना गरिएको अक्षय कोषको लागि एक लाख रुपैया सहयोग गरेका थिए । केन्द्रमा१४० जना चेपाङ वालवालिका आश्रित रहेका छन ।

प्रतिक्रिया