काठमाडौँ, १ चैत । काङ्ग्रेसको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना आज सकिने भएको छ ।
खुला केन्द्रीय सदस्यको करिब ४ सय मत गन्न बाँकी छ भने प्रदेश तर्फ १ हजार ४ सय मत गणना सकिएको छ । आज साँझसम्ममा सबै गणना सकिने निर्वाचन समितिका सदस्य गोपालकृष्ण अधिकारीले जानकारी दिए ।
उमेदवारका प्रतिनिधिको संख्या धेरै भएपछि मतगणना प्रोजेक्टरमा देखाएर गरिएको थियो जसका कारण खुल्ला तर्फको मत गणना सकिन धेरै दिन लागेको छ ।
सभापति, महामन्त्री र कोषध्यक्षसहित खुला र आरक्षण कोटामा ६१ सदस्यका लागि निर्वाचन भएको थियो । हालसम्म पदाधिकारीका अतिरिक्त आरक्षणतर्फका २२ सदस्यको परिणाम सार्वजनिक भइसकेको छ ।
खुला तर्फको २५ सदस्यका लागि ९० उम्मेदवार छन् । निर्वाचन समितिका अनुसार आइतबार साँझसम्म खुलातर्फ साढे २७ सय मत गणना गरिएको छ । त्यसैगरि प्रदेशतर्फको १४ स्थानका लागि ६७ उम्मेदवार मैदानमा छन् ।
खुला तर्फ आइतबार साँझसम्मको मतगणनामा शेखर कोइरालाा शीर्ष स्थानमा छन् । उनले १ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । उनलाई खुमबहादुर खड्काले पछ्याइरहेका छन् ।
प्रतिक्रिया