काठमाडौं, २९ फागुन । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’की प्रेमिका खुश्बु ओलीले अर्कैसँग विहे गरेकी छिन् । ‘माया एउटा सँग, विहे एउटासँग’ भन्ने अञ्जु पन्तको गीतजस्तै खुश्बुले पनि प्रेममा चरीसँग जवानी लुटाएर अर्कैसँग विहे गरेकी हुन् । प्राप्त सूचनाअनुसार खुश्बुले सन्तोष कार्की नामका युवकसँग विहे गरेकी हुन् । उनको विवाह शनिबार राजधानीको भव्य होटलमा भएको छ । स्रोतका अनुसार शनिवार साँझ याक एण्ड यति होटलमा भव्य पार्टीसहित बरबधुलाई आर्शिवाद दिन परिवारजन तथा इष्टमित्रको ठूलो भिड लागेको छ । चरी गत वर्षको साउन २१ मा प्रहरीको मुठभेडमा मारिएका थिए । उनी मारिएपछि खुश्बु निकै चर्चामा आएकी थिइन् । यतिसम्मकी चरीको ‘हत्या’मा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने दावी पनि गरेकी थिइन् ।
उनै खुश्बुले यतिखेर भने चरीलाई विर्सिएर सन्तोषकी अर्धाङगिनी बनेकी छिन् । बिश्वकै महंगो बिश्वबिद्यालयमा पढेर नेपालमा आएकी मोडलिङ पृष्ठभुमिकी खुश्बु त्यसयता अर्पण र चरीसँगको प्रेम सम्बन्धका कारण पनि सञ्चार माध्यममा छाएकी थिइन् । समाचार स्रोतका अनुसार खुश्बुलाई श्रीमती बनाउने सन्तोष लण्डनमा बस्दै आएका छन् ।
प्रतिक्रिया