हिलारी क्लिन्टन जिन्दाबाद ! नारी दिवस जिन्दाबाद !

इनेप्लिज २०७२ फागुन २८ गते ११:५२ मा प्रकाशित

HILARY 4

सम्पूर्ण विश्वको ध्यान अहिले अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा टक्क अडेको छ l चर्चा ,परिचर्चा ,चासो ,अभिरुचिको बिषय भएको छ l चुनाबको तापले सबैलाई सतर्क गरि दिएको छ l एक प्रकारको कम्पन ल्याई दिएको छ l आफु पनि यसको कम्पनले प्रभावित भएको छु l कलम चलाउन सक सक लाग्ने भएकोले नारि दिवस कै दिन केहि मनै भित्रबाट संकल्प गर्न मन लाग्यो l

हुन् त् आफु राजनीतिमा कहिले चाख नभएकोले कागलाई बेल पाक्यो हर्ष न बिस्मात भने पनि सामाजिक संजालको ब्यापकताले आफुलाई यसले गाजेको छ l आफ्नो मनले जचेको र हृदयले खाएकोले महिला दिवसको सेरोफेरोमा पूर्व विदेश मन्त्रि तथा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी रोधाम क्लिन्टन प्रति जिन्दाबाद भन्न मन लाग्यो l आफुले समर्थन जनाउन मन लागेको छ l

उनको पक्षमा कलम चलाउन मन लाग्यो l उनिलाई २००८ को मतदानमा पनि मत आफुले हालेको हु l तर ओबामा संग पराजित भईन l हालसालै राष्ट्रपति बाराक ओबामाले अमेरिकाका पूर्व विदेश मन्त्री हिलारी रोधाम क्लिन्टन अमेरिका राष्ट्रपति पदमा निर्वाचित हुनुभएमा एक उत्कृष्ट राष्ट्र प्रमुख हुने समेत बताए l अस्ति भर्खर पनि प्राथमिक निर्वाचनमा उनलाई नै मतदान गरेको हु l उनकै जित भयो भर्जिनियामा l

Former U.S. Secretary of State Hillary Clinton takes part in a Center for American Progress roundtable discussion on "Expanding Opportunities in America's Urban Areas" in Washington.

आफु बर्नी स्यानडर्सले उठाएका मुद्धाहरु प्रति अत्यन्तै प्रभावित छु l तर यस पटक हिलारी प्रति झुकाब रह्यो l उनले उठाएका मुद्धाहरु त्यतिकै राम्रा छन् l गत मार्च ८ तारिख १०६ औ अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रमको साथ संसार भर मनाईयो l र यहि मनाउने क्रममै हिलारी क्लिन्टन ले यसपाली जित्नु पर्छ भन्ने मनमा आयो l

केहि दिन अगाडी सीएनएले आगामी निर्वाचन भएमा हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पलाई समेत हराउछिन भनि उल्लेख गरेको थियो l आगामी महा मंगलबार(सुपर टूईजडे) को निर्वाचनले एउटा निश्चित गोरेटो निर्माण गर्ने छ l र हिलारीको पक्षमा मतदान वर्षा हुने छ l

किन हिलारी क्लिन्टन जिन्दाबाद त ?

हामीले नेपालको ईतिहासमा कहिले महिला प्रधान मन्त्रि भएको देखेनौ l तर दक्षिण एसियाली देश ,भारत ,पाकिस्तान ,बंगलादेश तथा श्रीलंकामा समेत नेतृत्व प्रदान गरेको ईतिहास छ l तर नेपालमा कहिले पनि महिलालाई मत दिन बाट बन्चित गरिएन l तर अमेरिकामा जुन ४ ,१९१९ कांग्रेसले पारित गरि अगस्त १८ ,१९२० को १९ औ संसोधन पछि मात्र महिलालाई मत दान गर्न अनुमति दिइएको हो l

एक सक्षम ,योग्य,होनहार ,अनुभवी महिला हिलारी क्लिन्टन आज राष्ट्रपतिको उम्मेदवार बन्न चाहेकी छिन् l कहिले नतोडीएको यो ईतिहास तोड्न किन नदिने ? अमेरिकामा महिला पनि राष्ट्रपति बन्नु पर्छ l अब नया ईतिहास हिलारीले बनाउनु पर्छ l

HILARY 3

नेपालमा महिला तथा पुरुष बराबरी भन्ने प्रश्न बारम्बार उठ्दछ तर अमेरिकामा महिला तथा पुरुष समान भएको कुरा उठ्दैन l अमेरिकामा अहिले सम्म कोहि पनि महिला उम्मेदवार राष्ट्रपतिमा जित्न सकेका छैनन् l पहिलो चरण मै अधिकांस रुपमा महिला बाहिरिन्छ l

अन्तर्राष्ट्रिय नारी दिवसलाई सम्मान गर्दै एक महिलाले एक पटक यो देशमा नेतृत्व गर्न पाउन भन्ने लागेकोले हिलारी क्लिन्टन अमेरिकाको प्रथम महिला राष्ट्रपति बनेको हेर्न मन लागेको छ l

हिलारी क्लिन्टन पहिला रिपब्लिकन समुहमा काम गरेकी तर १९६८ मा मार्टिन लुथर किङ्ग जुनिएरको भाषण सुने पछि डेमोक्रेटिक बनेकी थिन l उनले बेन्गाजी आक्रमणको आफूले जिम्मा लिने र आफू उत्तरदायी छु भनि एक विदेश मन्त्रीको हैसियतले जवाफ दिएकी छिन् l त्यो कुराले अझ आफु प्रभावित छु l

उनि संग क्षमता छ ,योग्यता छ ,बुद्धि छ अनि उनि संग आँट छ l मतदाता उनको साथमा छन् l यसको साथै हिलारी संग संग १ हजार २ सय २१ प्रतिनिधि (डेलिगेट )गन्तिमा छ भने बर्नी संग ५ सय ७१ मात्र छ l झन्डै ४ सय ५८ ले उनि अगाडी छिन् l

HILARY 2

उनीलाई त्यति जित्न सरल छैन l किनभने अमेरिकामा एउटा राजनैतिक दल सत्तामा बसी रहदा मन पराउदैन l परिवर्तन भएको देख्न चाहन्छन l तर जे भएता पनि अब आउने निर्वाचनमा महिला उम्मेदवार हिलारी क्लिन्टनले जितेको हेर्न पाऊं l अग्रिम बिजयीको हार्दिक शुभकामना हिलारी क्लिन्टन l

नारि दिवस जिन्दाबाद ! हिलारी क्लिन्टन जिन्दाबाद !

प्रतिक्रिया