सांसदको उपचार खर्चमा साढे ५४ लाख

इनेप्लिज २०७२ फागुन २८ गते २:२४ मा प्रकाशित

काठमाडौँ, २८ फागुन । संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेका छन्।

दोस्रो संविधानसभाका केही सांसदले माघ मसान्तसम्म नौपटकसम्म उपचार खर्च बुझेका छन् । सांसद मेघराज नेपाली निषदले नौपटक, भुपेन्द्र थेबेले आठ पटक, अकवल महमद शाहले सातपटक, दीपनारायण साहले ६ पटक, डिलबहादुर नेपालीले पाँच पटक उपचार खर्च बुझेका छन् ।

कांग्रेसका सांसद मोहनप्रसाद बरालले आपू आक्रमणमा परी उपचारमा संलग्न रहेको भन्दै ६३ हजार ७ सय ४५ रुपैया लगेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया