दामोदर पुडासैनी प्रतिभा पुरस्कार रानु र श्रमजीवीलाई

इनेप्लिज २०७२ फागुन २७ गते २३:३५ मा प्रकाशित

d 1
दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले २०७१ र ०७२ सालको “दामोदर पुडासैनी प्रतिभा पुरस्कार” दुईजना साहित्यकारलाई प्रदान गरेको छ । दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले मंगलबार काठमाडौंको रानीबारीमा आयोजना गरेको कार्यक्रममा २०७२ सालको दामोदर पुडासैनी प्रतिभा पुरस्कार साहित्यकार मञ्जु श्री प्रधान ‘रानु’लाई र २०७१ सालको “दामोदर पुडासैनी प्रतिभा पुरस्कार” साहित्यकार डिल्लीराम मिश्रा ‘श्रमजीवी’ लाई प्रदान गरेको हो ।

साहित्यकार रानु र श्रमजीवीलाई कोषका संस्थापक तथा संरक्षक दामोदर पुडासैनी ‘किशोर’, कार्यक्रमकी प्रमुख अतिथी प्रा.डा.ज्ञानु पाण्डे तथा रानीबारी महिला समाजकी अध्यक्ष जुनु लोहनीले सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषका संस्थापक तथा संरक्षक दामोदर पुडासैनीले स्वदेश तथा विदेशमा रहेका स्रष्टाहरूको हौसला बढाउँन यो पुरस्कार स्थापना गरेको बताए ।

d 2

त्यस्तै कोषले विभिन्न विधाका पुस्तक प्रकाशित गर्ने, साहित्यिक सम्वर्धनका क्रियाकलापहरू आयोजना गर्दै आएको कारण साहित्यिक वृद्धिमा ठूलो मद्धत पुगेको पनि उनले बताए । सो अवसरमा मानवादी अभियन्ता उत्तम निरौला, पत्रकार लोग्शरी कुँवर, साहित्यकार हरिभक्त सिग्देल, समाजसेवी देवी प्रसाद न्यौपानेले श्रमजीवी श्र्र्रष्टाहरूको सम्मानका लागि यो पुरस्कार कोशेढुङ्गा साबित भएको चर्चा गरे । पुरस्कृत प्रतिभा डिल्लीराम मिश्र ‘श्रमजीवी’ले दामोदर पुडासैनी प्रतिभा पुरस्कार जस्तो विबादरहित र गरिमामय पुरस्कार पाउँदा गौरवान्वित भएको बताए ।

त्यस्तै पुरस्कृत स्रष्टा मञ्जु श्री प्रधान ‘रानु’ले पुरस्कारले आफ्नो उचाई बढेको महसुश गरेको बताइन् । वि.स. २०६३ सालमा स्थापना भएको दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोषले देशका ३० भन्दा बढि जिल्लामा आफ्नो उद्देश्य अनुसार कार्य गर्दै आएको जनाएको छ ।

रानीबारी महिला समाजकी अध्यक्ष जुनु लोहनीले यस किसिमको स्वच्छ साहित्यिक क्रियाकलापले समाज विकासमा योगदान पुग्ने कुरा बताइन् ।

प्रतिक्रिया