दुर्घटनामा प्रहरी हबल्दारको मृत्यु

इनेप्लिज २०७२ फागुन २६ गते १५:२१ मा प्रकाशित

विराटनगर, २६ फागुन । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक प्रहरी हबल्दारको गएराति मृत्यु भएको छ ।

विराटनगरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत रामविलास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–१६ स्थित सडकखण्डमा आफैँले चलाएको को२२प ९३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतीय खम्बामा ठक्कर खाँदा उहाँ गम्भीर घाइते हुनुभएको थियो । न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो ।

प्रतिक्रिया