मधेस समस्या हल गर्न सरकार गम्भीर भएन: यादव
रौतहट, २५ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेसको समस्या समाधान गर्न सरकार गम्भीर नभएको बताउनुभएको छ ।
सोमबार सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मधेसको समस्या सम्बोधन गर्न ध्यान नदिए मुलुक अप्ठ्यारो स्थितिमा पुग्ने भएकाले समयमै ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले सरकारसंग वार्ताको नाममा हालसम्म ठोस उपलब्धि हासिल नभएको पनि बताउनुभयो । अध्यक्ष यादवले सरकारको यही रवैया रहेमा अब देशमा अकल्पनीय आन्दोलन हुने विचार व्यक्त गर्नुभयो । उहाँले जबसम्म संविधान पुनर्लेखन हुँदैन तबसम्म आन्दोलन जारी रहने स्पष्ट गर्नुभयो ।
विगत लामो समयसम्म चलेको मधेस आन्दोलनको स्वरुप परिवर्तन भएको बताउँदै अध्यक्ष यादवले पहाड, हिमाल र तराईलाई समेटी आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ तथा वरिष्ठ नेता अशोक राईको पनि उपस्थिति थियो ।
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
डिसीमा बाइडेनकै मन्त्रिमण्डलको सदस्य भन्ने महिलालाई उद्घाटन जाँचचौकीमा पक्राउ
न्युयोर्क क्विन्समा पत्नीले पतिलाई कफिमा कमिला र साङ्गलो मार्ने बिष मिसाई खुवाएको अभियोगमा प्रकाउ
फिप्नाको आगामी रोडम्याप तयार,संघिय परिषद बैठकमा कार्यसमितिको तर्फबाट अध्यक्षद्वारा निति तथा कार्यक्रम प्रस्तुत
नासा र पतंजलिको आयोजनामा ९ दिने योग शिविर
प्रतिक्रिया