आगलागीबाट ४८ लाखको क्षति
इनेप्लिज
२०७२ फागुन २४ गते १४:१२ मा प्रकाशित
बैतडी, २४ फागुन । बैतडीको पाटन–१२ स्थित खोटो सङ्कलन केन्द्र अपि हिमालय रोजनी कम्पनीमा आगलागी हुँदा रु ४८ लाख बराबरको क्षति भएको छ ।
आज दिउँसो करिब १२ बजेतिर केन्द्रमा आगलागी हुँदा तीन हजार ५०३ खोटो, १४ हजार लिटर तारपिन तेल र २५ ड्रम रोजिन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो ।
बैतडीको दशरथचन्द्र नपाको दमकल र डडेल्धुराको अमरगढी नपाको दमकलको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, स्थानीय प्रशासनलगायतको सहायताले करिब सात घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । भट्टीमा खोटो पकाउने बेला आगलागी भएको जनाइएको छ ।
गैर आवासीय नेपाली संघ, युएसए को न्युज लेटर
सामाजिक संजाल फेसबुकले बाइडेनको उद्घाटन पछि मात्र नयाँ कार्यक्रम गर्ने अनुमति दिने
डिसीको मध्यशहरमा बन्दुकमा गोली समेत भरेका फ्रन्ट रोयल भर्जिनियाका एक व्यक्ति पक्राउ
ट्रम्पले व्हाइटहाउसमा पुरस्कृत गरेका चित्रकारलाई डिसीमा आक्रमण
अमेरिकी सदनमा डिसीका प्रहरीलाई ढोकामा थिचेर आक्रमण गर्ने व्यक्तिको तस्बिर सार्वजनिक ,प्रहरीले मर्छु जस्तो लागेको बताए
प्रतिक्रिया